ताजा अपडेट

योगिको कार शोरुम सञ्चालनमा

        गणतन्त्र समाचारदाता   |   229 Views   |   Published Date : 17th January 2016 |

घोराही, माघ ३ । राप्ति अटो ट्रेडिङ घोराही दाङका सञ्चालक भोलानाथ योगिले सञ्चालन गर्नु भएको ड्याटसन कार शोरुमको उद्घाटन गरिएको छ ।   आइतबार घोराहीमा एक कार्यक्रमको आयोजना गरी कार शोरुमको उद्घाटन गरिएको हो । शोरुमको उद्घाटन नेपाली काँग्रेसका नेता सशाङ्ख कोइरालाले गर्नुभएको थियो । कार्यक्रमका प्रमुख अतिथिसमेत रहनुभएका नेता कोइरालाले ट्रेडिङको महत्वका बारेमा बताउदै यसलाई ब्यवस्थित गरी सामाजिक अभियानसंग जोड्नुपर्ने धारणा राख्नु भएको थियो । जापनिज कम्पनि निशानले बजारमा ल्याएको ड्याटसन कारको र कम्पनिको बारेमा कम्पनिका सेल्स म्यानेजर पुरुषोत्तम भण्डारीले जानकारी गराउनु भएको थियो । सो अवसरमा बोल्दै ट्रेडिङका सञ्चालक भोलानाथ योगिले सस्तो र सुपथ मुल्यमा पाइने उक्त कार बलियो र सुविधायुक्त रहेको बताउनुभयो । कच्चि रोडमा समेत कार राम्रोसँग चलाउन सकिने बताउदै उहाँले अन्य कम्पनिको तुलनामा यस कम्पनिले बजारमा ल्याएको कारले प्रति किलोमिटर २०.६२ माइलेज दिने जानकारी दिनुभयो । सञ्चालक योगीले बजारमा आएको ड्याट्सनको ५ सिटको कारलाई २१ लाख ९९ हजार रुपैयाँ र ७ सिटको कारलाई २४ लाख ९९ हजार रुपैयाँ मुल्य पर्ने र पहीलोचरणमा कार किन्नेलाई छुट दिइने बताउनुभयो ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१