काठमाण्डौंले मोर्चालाई हेर्ने दृष्टिकोण परिवर्तन गर्नुपर्छ : डा. कोइराला
दाङ, माघ ३ । नेपाली काँग्रेसका नेता डा. शेखर कोईरालाले काठमाडौंले मधेसी मोर्चालाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउन जरुरी रहेको बताएका छन् । रिपोटर्स क्लव दाङले ३ माघमा तुलसीपुर आयोजना गरेको साक्षात्कार कार्यक्रममा नेता कोईरालाले भने–‘मधेसी मोर्चाका मागहरु सम्बोधन नगर्ने हो भने देशले झनै विकराल समस्या भोग्ने छ ।
अंगिकृत नागरिकताधारीलाई नेपालको सर्वोच्च पद कदापी स्विकार्य नहुने बताउदै उनले सबै देशको आफ्नै नियम हुने हुँदा अंगिकृत नागरिकताधारीलाई मुलुकको संवैधानिक पदहरु दिन नसकिने बताए । उनीहरुका जायज मागहरु सम्बोधन गरिनुपर्छ ।’ कोइरालाले मधेश पनि नेपाल भएको र मधेसीमा राष्ट्रियताको सवाल झनै छ भन्ने बुझ्नु जरुरी रहेको बताउदै मोर्चाले राखेका ११ बुँदे मागमध्ये प्रमुख मागहरु ४ बुँदा मात्रै रहेको उल्लेख गरे । समानुपातिक समावेशीताको आधारमा अगाडी बढ्नुपर्ने नेता कोइरालाको भनाई थियो । रिपोटर्स क्लबका अध्यक्ष शरद रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा उनले १३औं महाधिवेशनले ६० र ४० को गुटबन्दी अन्त्य गर्ने बताउदै महाधिवेशबाट राष्ट्रियतालाई मजबुत र लोकतन्त्रलाई सुद्धिढिकरण गर्ने नेतृत्व आउनुपर्ने बताए । पार्टी भित्रको गुट उपगुटले पार्टी कमजोर बनेको तर्क गर्दे उनले अबको अधिवेशन एकताको अधिवेशन बनाउन जरुरी रहेको वताए । उनले भने–‘ मलाई सुशीलपनि चाहिएको छैन, शेरबहादुरजी पनि चाहिएको छैन म पार्टी भित्रको गुटगत राजनीति अन्त्य भएको हेर्न चाहान्छु ।’ कोइरालाले हिन्दु राष्ट्रको सवालमा सबै
पार्टीको शिर्ष नेतृत्व चुप लाग्नु गलत भएको बताए । उनले संविधान संशोधन गर्दा काँग्रेसले मधेस भन्ने शब्द मात्रै उल्लेख भएकोले थारु र मुसलमान पनि उल्लेख गराउन चाहेको बताउदै उनले भूगोल र जनसंख्याका आधारमा निर्वाचन क्षेत्र निर्धारण गर्नुपर्ने तर्क गरे ।

Leave a comment