देउखुरी कृषि तथा ब्यापारिक महोत्सव सुरु
कृषि उपजका १० सहित २ सय स्टल, २ करोड ब्यापार गर्ने लक्ष्य
देउखुरी, माघ २ । लमहीमा देउखुरी कृषि तथा ब्यापारिक महोत्सव सुरु भएको छ । महोत्सवको २ माघमा उद्घाटन गरिएको हो । माघ १२ गतेसम्म संचालन हुने महोत्सवको विभिन्न संस्कृति झल्किने झाँकी र पञ्चेबाजा सहितको ¥याली सहित महोत्सवको उद्घाटन गरिएको हो ।
निर्माणाधिन क्रिक्रेट मैदानमा विशेष तामझामका विच सुरु भएको महोत्सवको उद्घाटन गर्दै दाङका प्रमुख जिल्ला अधिकारी दिपक काफ्लेले महोत्सले आर्थिक, सामाजिक, सांस्कृतीक विकासमा टेवा पुग्ने विश्वास ब्यक्त गर्नुभएको छ । मेला महोत्सवले स्थानीय स्तरको श्रोतको पहीचान गर्न मद्दत पुग्ने बताउँदै उहाँले परम्परागत संस्कृतीको संरक्षणका साथै कृषि तथा पर्यटकीय क्षेत्रको विकास गर्न समुदाय स्तरमा जागरण ल्याउने आशा ब्यक्त गर्नुभयो । साथै उहाँले महोत्सवले देउखुरीको समग्र विकासमा महत्वपूर्ण टेवा दिने दाबि गर्नुभयो । १२ गतेसम्म चल्ने महोत्सवमा एक लाख दर्शकले अवलोकन गर्ने र दुई करोड रुपैयाँको कारोबवार गर्ने लक्ष्य राखिएको छ । लमही जेसीजले आयोजना गरेको महोत्सवले देउखुरी क्षेत्रमा रहेको कृषि उद्यम र कला संस्कृतीको संरक्षण गरी देश तथा विदेशमा प्रचार प्रसार हुने उद्देश्य राखेको छ । महोत्सवमा ३ सय स्टल राखिएका छन् । कृषि सम्बन्धिका स्टल जिल्ला कृषि विकास कार्यालयको समन्वयमा राखिएको छ । तरकारी, च्याउ, माछा लगाएतका कृषि उपजका सामाग्री किसानले प्रदर्शनीमा राखेका हुन् । महोत्सवमा प्रवेशका लागी ४५ रुपैयाँको टिकट लाग्ने आयोजकले जानकारी दिएको छ । जेष्ठ नागरिक, अपाङ्गता भएका ब्यक्ति र विद्यार्थीकालागी भने ३० रुपैयाँको टिकट तोकिएको छ ।
लमही जेसीजका अध्यक्ष कमलजंग सिंह ठकुरीको अध्यक्षता एवं दाङका प्रमुख जिल्ला अधिकारी दिपक काफ्लेलेको प्रमुख आतिथ्यमा सम्पन्न उद्घाटन कार्यक्रममा बोल्ने राजनैतिक दलका प्रतिनिधि एवम् सामाजिक संघ संस्थाका अगुवाहरुले देउखुरीको समग्र विकास गर्न साझा प्रतिवद्धताको खाँचो रहेको आवश्यक्ता औंल्याएका छन् ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख कुवेर कडायत, नेकपा एमालेका केन्द्रिय सदस्य मेटमणी चौधरी, क्षेत्रिय अध्यक्ष रतनकुमार केसी, संघिय समाजवादी फोरम नेपालका केन्द्रिय सदस्य अशोककुमार यादव, नेकपा माओवादी क्रान्तिकारीका दिल कुमार श्रेष्ठ, विप्लव माओवादीका ओमप्रकाश सुवेदी सागर, लमही नगर विकास समितिका अध्यक्ष घनश्याम सुवेदी, देउखुरी उद्योग वाणिज्य संघका उपाध्यक्ष ताराप्रसाद खनाल, थारु कल्याण कारिणी सभाका अध्यक्ष चेतराम चौधरी, त्रिभुवन नगर जेसीजका अध्यक्ष रजिव उल्लाह खाँ, लमही जेसीजका पूर्व अध्यक्ष शेषमणी गौतम, नेपाल पेट्रोलियम डिलर्स एसोशियसनका केन्द्रिय सदस्य लिलाराम खनाल, नेपाल पत्रकार महासंघका जिल्ला सदस्य राधेश्याम गुप्ता लगाएतका बक्ताहरुले मन्तब्य ब्यक्त गर्नुभएको थियो ।
कार्यक्रम संयोजक पुष्पा कुवरको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन लमही जेसीजका महासचिव जागेश्वर बस्यालले गर्नुभएको थियो ।

Leave a comment