बाह्रकुनेको विकास र संरक्षण

माघीको रौनकता चारैतिर छाएको छ । माघी नजिकिएसँगै घोराही नगरपालिका वडा नम्वर–७ स्थित बाह्रकुने दहमा चहलपहल बाक्लिदै छ । विभिन्न क्षेत्रबाट आएका धर्मात्माहरुकोे बोक्लो भिड बाह्रकुने दहमा देख्न सकिन्छ । यसले के देखाउँछ भने बाह्रकुनेप्रति जनबिश्वास बढ्दै गएको छ । धार्मिक हिसाबले मात्र होइन पर्यटकीय हिसाबले पनि बाह्रकुने दह क्षेत्रलाई हेरिएको देखिन्छ । दह सुन्दर, रमणीय, शान्त र आकर्षणको केन्द्रबिन्दू बन्न सफल भएको छ । प्रकृतिले नै यो क्षेत्रको सुन्दरतामा सुनमा सुगन्ध थपिदिएका कारण सबैको आकर्षणको केन्द्रबिन्दु बाह्रकुने बनेको हो । वरिपरि पहाड, हरिया रुख, सुन्दर डाँडा अनि बीचमा पानीको ताल र ऐतिहासिक मन्दिरहरुका कारण बाह्रकुने क्षेत्र जाने जोकोहीले यहाँको बखान गाएर थाक्दैनन् । बाह्रकुनेमा माघे संक्रान्तिमा भव्य मेला पनि लाग्ने गर्दछ भने पुस महिनाभर यहाँका मन्दिरहरुमा पूजापाठदेखि भेडा, कुखुराको बली दिने गरिन्छ । धार्मिक दृष्टिकोणले समेत यो क्षेत्रको महत्व त्यति नै छ । यस्तो क्षेत्रको विकासका लागि सबै पक्षले भूमिका खेल्न जरुरी छ । खासगरी पर्यटन विकासका लागि राज्यदेखि सम्बन्धित निकायहरुले समेत विभिन्न कामहरु गरिरहेको समयमा पर्यटकीय केन्द्रबिन्दू बन्नसक्ने बाह्रकुने क्षेत्रको समग्र विकासमा ध्यान दिनैपर्छ । घोराहीस्थित बाह्रकुने क्षेत्रको सही तरिकाले विकास हुनसक्यो र यसको व्यापक प्रचारप्रसार हुनसक्यो भने यो क्षेत्रमा आउने पर्यटकहरुको संख्या गनिनसक्नु हुनेछ । यसका लागि बाह्रकुने क्षेत्रको विकास तीब्रगतिमा हुनुपर्छ । गुरुयोजना बनाएर विकासका सबै … Continue reading बाह्रकुनेको विकास र संरक्षण