ताजा अपडेट

तुलसीपुरमा इन्धन डिपोका लागि पहलगर्छु : मन्त्री गजुरेल

        गणतन्त्र समाचारदाता   |   289 Views   |   Published Date : 8th January 2016 |

Haribol Gajurel-minister    तुलसीपुर, पुस २४ । कृषि मन्त्री हरिबोल गजुरेलले इन्धन डिपो स्थापना गर्ने भनिएको दाङको जग्गा निरक्षण गर्नुभएको छ । शुक्रवार बिहान तुलसीपुर–१२ टरिगाउँ एरपोर्ट नजिकको तीन विगाहा क्षेत्रफलको जग्गा मन्त्री गजुरेलले निरक्षणपछि नीति बनाएर जग्गा हस्तान्तरणको प्रकृया शुरु गर्ने बताउनुभयो ।


तर उहाँले इन्धन डिपो स्थापना गर्ने भनिएको जग्गाको क्षेत्रफल बरावरको जग्गा अर्काे स्थानमा व्यवस्थापन गर्न आग्रह गर्नुभयो । तुलसीपुरको टरिगाउँ एयरपोर्ट नजिक इन्धन डिपो स्थापना गर्न आफू सकारात्मक भएको मन्त्री गजुरेलले बताउनुभयो । एमाओवादीका नेता समेत रहनुभएका गजुरेलले अहिले आएर नेपाल प्रहरी, शसस्त्र प्रहरी र नेपाली सेनाले समेत ठाउँ÷ठाउँमा सरकारी स्वामित्वको कृषि जग्गा मागिरहेकोले निश्चित नीति बनाएर कृषिको जग्गाहरु उपलब्ध गराउने बताउनुभयो । तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विमल रिजालले कपाँस विकास समितिको उक्त जग्गा डिपोको नाममा नामसारी गर्ने कार्य मन्त्रालयमा प्रक्रियामा रहेकोले
त्यसमा सघाउन आग्रह गर्नुभएको थियो । कृषि मन्त्रालय र आपुर्ती मन्त्रालयमा हाल माओवादी नेताहरु नै रहेकोले जग्गाको स्वामित्व हस्तान्तरण हुन सहजता हुने अध्यक्ष रिजालले आशा व्यक्त गर्नुभयो । तुलसीपुरमा इन्धन डिपो नहुँदा र रिफिलिङ सेन्टर नहुँदा जिल्लाको एक मात्रै एयरपोर्ट टरिगाउँमा विमान सेवा नियमित हुन सकिरहेको छैन । इन्धन डिपो स्थापनाका लागि यसक्षेत्रका उद्योग, व्यापारी वर्षौै देखि संघर्षरत रहेपछि राजनीतिक दलको इच्छा शक्ति नहुँदा डिपो स्थापना कार्यमा ढिलाई हुँदै गएको अध्यक्ष रिजालले बताउनुभयो । डिपो स्थापनाको जस लिने होडबाजीमा दलहरु लागेकोले उक्त काममा ढिलाई भइरहेको अध्यक्ष रिजालले मन्त्री गजुरेललाई जानकारी दिनुभएको थियो ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१