जेसीजले सबै युवाहरुको नेतृत्व गर्न सकोस्
त्रिभुवननगर जेसीजले आजदेखि औपचारिकरुपमा नयाँ नेतृत्व पाउँदैछ । एकवर्षे कार्यकाल हुने जेसीजमा सक्रिय युवाहरुको जमात छ । खासगरी युवाहरुलाई क्षमतावान बनाउँदै सामाजिक गतिविधिहरुमा क्रियाशिल बनाउन भूमिका खेलि रहेको जेसीजले समाजमा आफूलाई प्रभावकारी तवरबाट स्थापित बनाउन सफल भएको छ । जसले गर्दा सबै जसो सामाजिक गतिविधिहरुमा जेसीजसलाई सहभागिता गराउने गरिन्छ । त्रिभुवन नगर जेसीजले पनि आफूलाई यस क्षेत्रमा स्थापित बनाउन सफल भएको छ । यही रफ्तारमा जेसीजले आफूलाई अगाडि बढायो भने समाजको ढुकढुकिकारुपमा जेसीज स्थापित भइरहनेछ । त्रिभुवन नगर जेसीजमा सन २०१६ का लागि आज नयाँ नेतृत्वको पद हस्तान्तरण हुँदैछ । सक्रिय युवा रजिव उल्लाह खानको नेतृत्वमा नयाँ कार्य समिति गठन हुँदैछ । जेसीजले पछिल्लो समयमा वहुप्रतिक्षित योजनाकारुपमा मिटिङ हल र पुस्तकालय निर्माण कार्य गर्दैछ । तसर्थ अहिलेको नयाँ कार्य समितिले यो योजनालाई धेरै हदसम्म पुरा गर्ने सवालमा भूमिका खेलेमा राम्रो हुनेछ । त्रिभुवन नगर जेसीज घोराही क्षेत्रमा स्थापना भएको धेरै भइसकेको छ । यस अबधिमा त्रिभुवन नगर जेसीजले समाजका सबै जसो गतिविधिहरुमा क्रियाशिलताका साथ आफूलाई सहभागि बनाएको छ । सामाजिक अभियानमा पनि जेसीजको सहभागिता रहँदै आएको छ । यी र यावत् कुराहरुको चर्चा परिचर्चा गरिरहँदा त्रिभुवननगर जेसीजले युवाहरुलाई सामाजिक उत्तरदायित्व वहन गर्ने किसिमले स्थापित बनाएको छ । यो नै मुलुकका लागि राम्रो पक्ष हो । जेसीजमा आबद्ध अधिकांश युवाहरु यही … Continue reading जेसीजले सबै युवाहरुको नेतृत्व गर्न सकोस्
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed