ताजा अपडेट

खड्कालाई भव्य स्वागत

        गणतन्त्र समाचारदाता   |   290 Views   |   Published Date : 8th January 2016 |

दाङ, पुस २४ । नेपाली काँग्रेसका प्रभावशाली नेता खुमबहादुर खड्कालाई विहीबार साँझ अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ । लामो समयको उपचारपछि नेपाल फर्कनुभएका खड्कालाई साँझ ९ बजे अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको हो । पार्टीका केन्द्रीय नेताहरु शंकर भण्डारी, पुष्पा भुसाल, देवेन्द्रराज कँडेल, उदय शम्शेर राणालगायतका सयौं नेता तथा कार्यकार्ताहरुको उपस्थितमा खड्काको स्वागत गरिएको हो ।
जिल्ला जिल्लाबाट खड्काको स्वागतका लागि गएका नेता तथा कार्यकर्ताहरुले लामो समय विरामी पर्नुभएका खड्काको स्वास्थ्य लाभप्रति खुशी मनाउँदै भव्य ¥याली सहित स्वागत गरेका थिए । सो अवसरमा खड्काले आसन्न काँग्रेसको महाधिवेशनमा महामन्त्री पदमा उम्मेद्वारी दिने र सोका लागि सबैलाई सहयोग गर्न आग्रह समेत गर्नुभएको थियो । तरुणदलका युवा नेता खड्काका विश्वासिलो पात्र महेश श्रेष्ठको नेतृत्वमा तरुण दलका दर्जनौं युवाहरु गाडी र मोटरसाइकल सहित स्वागत कार्यक्रममा खटिएका थिए ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१