ताजा अपडेट

कुटनितिक रुपमा सरकार असफल : थानी

        शरद रेग्मी   |   227 Views   |   Published Date : 8th January 2016 |

दाङ, पुस २४ । नेपाली काँग्रेसका नेता एवं राज्य ब्यवस्था समितिका पूर्व सभापति हृदयनाथ थानीले भारतसँगको कुटनीतिक पहल गर्नमा नेपाल सरकार असफल भएको बताउनुभएको छ ।
रिपोर्टस क्लव नेपाल दाङले शुक्रबार तुलसीपुरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले छिमेकीसँगको सम्बन्धलाई भारतले हेपाह प्रवृत्ति देखाएको बताउनुभयो । तर नेपाल सरकारले त्यसलाई कुटनीतिक पहल गरी बिग्रीएको सम्बन्धलाई सुधार गर्नुपर्नेमा जोड दिनुभयो । रिपोर्टस क्लव दाङका अध्यक्ष शरद रेग्मीको अध्यक्षतामा भएको साक्षात्कारमा बोल्दै नेता थानीले सरकारको नेतृत्व गरिरहेका केपी शर्मा ओलीको भाषाशैलीले पनि भारतसँगको सम्बन्धमा थप केही समस्या आएको आरोप लगाउनुभयो । जसका कारण आम नेपालीहरुले महंगी, ईन्धन अभाब, औषधि लगायतको अभाबबाट पिडा भोग्नु परिरहेको बताउनुभयो । अर्को एक प्रसङ्गमा उहाँले नेपाली काँग्रेसको १३ औ महाधिवेशनले पार्टीलाई संघिय मोडलमा पनि नेतृत्वदायी भूमिका खेल्नसक्ने नेतृत्वको खाँचो रहेको बताउनुभयो । स्थानिय निकाय, प्रदेश र संंघिय मोडलमा कसरी पार्टीले बहुमत ल्याउन सक्छ भन्ने चिन्तन र नेतृत्व गर्न सक्ने सक्षम व्यक्तिले नै १३औ महाधिवेशनमा जिम्मेवारी पाउनेमा आफु विश्वस्त रहेको पनि बताउनुभयो । अहिलेको संविधानमा समानुपातिक सिद्धान्त अनुसार निर्वाचन प्रणालीको ब्यवस्था गरिएकाले अबका दिनमा संसद्मा कसैको पनि बहुमत प्राप्त गर्न नसक्ने उहाँले बताउनुभयो । उहाँले सक्षम युवाहरु १२ औं महाधिवेशनमा पार्टीको केन्द्रिय तहमा पुगीसकेकाले उमेर भन्दा उत्साह, सृजनशील र हिम्मती वयक्तिको पार्टीमा आवश्यक रहेको नेता थानिको भनाई थियो । तर युवा पंक्तिको लागि आरक्षणको ब्यवस्था हुनुपर्छ भन्ने पक्षमा भने आफु नरहेको उहाँले बताउनुभयो ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१