ताजा अपडेट

एमाले दाङको जिल्ला परिषद् माघ २२ गते हुने

        गणतन्त्र समाचारदाता   |   217 Views   |   Published Date : 8th January 2016 |

घोराही, पुस  २४ । नेकपा एमाले दाङ जिल्ला कमिटीको बैठक बिहीबार सम्पन्न भयो । एमाले दाङका अध्यक्ष जोगबहादुर रानाको अध्यक्षता एवं राप्ती अञ्चल इञ्चार्ज खेममान खड्काको प्रमुख आतिथ्यता तथा राप्तीका सह इञ्चार्ज गुलावजंग शाह र जिल्ला इञ्चार्ज मेटमणि चौधरीको विशिष्ट आतिथ्यतामा बैठक सम्पन्न भएको थियो ।
बैठले पार्टीको ३ महिने अभियानअन्तर्गत माघ १५ गते संविधानका अन्तर्वस्तु विषयक अन्तक्र्रिया गर्ने, लोकतान्त्रिक आन्दोलनका प्रथम सहिद उमेशचन्द्र थापाको स्मृतिमा लमहीमा जनसभा गर्ने निर्णय गरेको छ । साथै प्रक्रिया पुरा गरी आएका आवेदन स्वीकृत गरी संगठित सदस्यता प्रदान गर्ने, केन्द्रको निर्देशन अनुसार माघ २२ गते जिल्ला पार्टी कार्यालय घोराहीमा जिल्ला प्रतिनिधि परिषद् गर्ने निर्णय गरेको छ । साथै पदाधिकारी बैठकले मनोनित गरेको प्रस्तावलाई अस्वीकृत गरेको राप्ती अञ्चल इन्चार्ज खेममान खड्काले जानकारी दिनुभयो । खड्काका अनुसार जिल्ला पदाधिकारी बैठकले जिल्ला अधिवेशन गर्ने सम्बन्धी पेश गरेको प्रस्ताव पनि अस्वीकृत गरेको छ ।
साथै बैठकले नेपालको संविधान २०७२ जारी भएकोमा स्वागत प्रस्ताव पारित गरेको छ । नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने नियतले भारतले गरेको नाकाबन्दीबाट जनतामा परेको असरप्रति दुःख व्यक्त गर्दै अत्यावश्यक सामग्रीको व्यवस्था सहज बनाउन सरकारसँग माग गर्ने निर्णय गरेको इन्चार्ज खड्काले जानकारी दिनुभयो । बैठकमा पूर्व केन्द्रीय सल्लाहकार शोभाराम बस्नेत, पूर्व अध्यक्षहरु रेवतीरमण शर्मा, लक्ष्मण आचार्य, नरुलाल चौधरी, पूर्व राष्ट्रिय परिषद् सदस्य टोपेन्द्र केसी, अनेमकी महासंघका केन्द्रीय सदस्य टीकाराम खड्का लगायतका नेताहरुले बोल्नुभएको बैठक पश्चात जिल्ला सचिव हुकुमबहादुर बस्नेतद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१