हाजिरिजवाफमा म्यारीगोल्ड प्रथम
घोराही, २३ पुस । नीजि तथा आवसीय विद्यालय अग्रनाइजेशन नेपाल (प्याव्सन) दाङले व्यमव्सन स्थमपनम दिवसको अवसरमा विहीबार घोराहीमा गरेको अन्तरविद्यालय स्तरीय हाजिरिजवाफ प्रतियोगितामा तुलसीपुरको म्यारिगोल्ड इङलिस वोडिङ स्कुल प्रथम भएको छ । प्रतियोगितामा सात अंक प्राप्त गरी म्यारीगोल्ड प्रथम भएको हो । त्यसैगरी चार अंक प्राप्त गरी देउखुरीको मुनलाइट वोडिङ स्कुल द्धितीय भएको छ भने जनज्योती विद्यामन्दिर घोराही तृतीय भएको छ । प्रतियोगिताको पहिलो चरणमा मेचिकारली, हिमाल एकेडेमी, लिटिल हेवन र जनज्योती विद्यामन्दिरले तीन÷तीन अंक प्राप्त गरी बराबर भएपछि ती विद्यालयबीच पुनः भएको प्रतिस्पर्धामा थप दुई अंक प्राप्त गरी जनज्योती विद्यामन्दिर तृतीय भएको हो । एघार वटा विद्यालयबीच भएको प्रतियोगितामा सिद्धार्थ एकेडेमी घोराही, फोटिनाइन वोडिङ स्कुल तुलसीपुर र भ्याली टप वोडिङ स्कुल घोराहीले दुई÷दुई अंक प्राप्त गरेका थिए भने माउन्टभ्यू वोडिङ स्कुल घोराहीले एक र पर्ल एकेडेमी घोराहीले शून्य अंक प्राप्त गरेका थिए । यसअघि विभिन्न २७ वटा सस्थागत विद्यालयहरुबीच लिखितरुपमा प्रतिस्पर्धा गराएर ११ वटा विद्यालयलाई प्रतिगोगिताको लागि छनोट गरिएको थियो । राप्ती कम्प्युटर्सको प्रयोजन र नयाँ युगबोध दैनिकको मिडिया पाटनरमा भएको कार्यक्रमको अध्यक्षता प्याव्सन दाङका अध्यक्ष यादव गिरीले गर्नुभएको थियो भने प्रमुख अतिथि केन्द्रीय सदस्य जीवनकुमार आचार्यले गर्नुभएको थियो । सो अवसरमा पत्रकार उदय बीसीले बोल्नुभएको थियो भने कार्यक्रमको सहजीकरण प्याव्सन दाङका उपाध्यक्ष दीपु केसीले गर्नुभएको थियो । Facebook … Continue reading हाजिरिजवाफमा म्यारीगोल्ड प्रथम
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed