दाङ उवासंघले दाउरा बितरण गर्यो
दाङ, पुस २३ । दाङ जिल्ला उद्योग वाणिज्य संघले ८ सय ८१ घर परिवारलाई दाउरा उपलब्ध गराएको छ । ईन्धनको चरम अभावका कारण दाउरा बितरण अभियान थालेको वाणीज्य संघले हालसम्म ८ सय ८१ परिवारलाई दाउरा उपलब्ध गराएको बताएको हो । नाकाबन्दीका कारण इन्धन अभाव भइरहेको समयमा १ महिनाको अवधीमा ८ सय ८१ घर परिवारलाई ६१ हजार ४ सय ९७ किलो दाउरा उपलब्ध गराएको दाङ जिल्ला उद्योग वाणिज्य संघका उपाध्यक्ष नारायण भुसालले जानकारी दिनुभएको छ । प्रतिपरिवार ५० किलोका दरले घोराहीको बिपी चौकबाट डिपो सञ्चालन गरी उद्योग वाणिज्य संघको पहलमा दाउरा बितरण अभियान थालिएको थियो । यसैबीच बुधबारदेखि अभियान सकिएको र असहज परिस्थितिको सृजना भए अभियानलाई फेरि निरन्तरता दिइने दाङ जिल्ला उद्योग वाणिज्य संघका उपाध्यक्ष भुसालले बताउनुभयो । Facebook Comments
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed