चौतर्फि समृद्धिका लागि पत्रकारिता
हाम्रो देशमा सञ्चारको विकास तिव्ररुपमा भइरहेको छ । पत्रकारिताको विकासलाई सरसरती हेर्ने हो भने दाङ पनि मोफसलमा पत्रकारिताको राम्रो विकास भएको जिल्लामा गनिन्छ । यसको साथै राप्तीका सबै जिल्लामा सञ्चारको विकासले फड्को मारेको छ । सञ्चारको विकास हुनेक्रमसंगै रुकुम जिल्लामा पनि सञ्चारले ह्वात्तै फड्को मारेको छ । त्यहाँको सञ्चारले यतिधेरै विकास गर्नुुको पछाडि सञ्चार क्षेत्रले सामाजिक विकासमा खेलेको महत्वपूर्ण भूमिका नै हो । सञ्चार क्षेत्रले सामाजिक उत्तरदायीत्व वहन गर्ने सन्दर्भमा खेलेको भूमिकाकै कारण जिल्लाको चौतर्फी विकास सही तवरबाट अगाडि बढेको छ । रुकुममा एफएम, साप्ताहिक पत्रिकाहरु, प्रकाशित छन् भने दाङबाट प्रकाशित भइरहेका पत्रपत्रिकाले पनि रुकुमको विकासको लागि भूमिका खेलि रहेको अवस्था छ । सञ्चार क्षेत्रको तीव्र विकाससंगै जिल्लाको समग्र विकास प्रक्रिया ह्वात्तै माथि उठेको छ । लगानी मैत्री वातावरण निर्माण गर्नेदेखि सिर्जनशील, क्रियाशील व्यक्ति, संघसंस्थाहरुको सकारात्मक चर्चा परिचर्चा गर्ने सवालमा रुकुमको सञ्चारले भूमिका खेलिरहेको अवस्था छ । यसैगरी यहाँको व्यथिति, ढिलासुस्ती, मनोमानी, अराजकता, अशान्ति, अमर्यादित कार्यका बिरुद्ध पनि यहाँको सञ्चारले दरिलो आवाज उठाउँदै आएको छ । यसैगरी लोकतन्त्रको पक्षमा, अग्रगमणको सवालमा पनि जिल्लाको सञ्चार सशक्तरुपमा उभिएको छ । नागरिकको अभिव्यक्ति स्वतन्त्रतालाई जोगाई राख्न प्रेस स्वतन्त्रको सवालमा रुकुमको सञ्चार दरिलो खम्बाकारुपमा उभिएको छ । नागरिकलाई सर्वोपरि ठानेर आवाजहीनको आवाजकारुपमा स्थापित रुकुमेली सञ्चार क्षेत्रलाई गौरवमय बनाउन अग्रजहरुले गौरवमय कार्य गरेका छन् । … Continue reading चौतर्फि समृद्धिका लागि पत्रकारिता
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed