व्यवसायी योगीले न्याय पाउनैपर्छ
दाङका यातायात व्यवसायी भरतनाथ योगीले राज्यका कारण यतिबेला ठूलो कष्ट व्यहोर्नु भएको छ । खासगरी शस्त्र द्वन्द्वको समयमा माओवादीका कारण राज्यबाट कव्जा गरिएको सम्पत्ती फिर्ता नहुँदा उहाँ मारमा पर्नुभ एको हो । योगीले वैंकबाट ऋण, कर्जा लिएर गाडीहरु किन्नु भएको थियो । तर २०५८ सालमा माओवादीले घोराहीको व्यारेक हान्नका लागि ती गाडीहरु प्रयोग गरेको भन्दै सुरक्षा निकायले उहाँका सबै गाडीहरु नियन्त्रणमा लिएको थियो । जसले गर्दा योगीले अहिलेसम्म वैंकको ऋण तिर्न सक्नु भएको छैन । अहिले पनि सबै जसो सम्पत्ती बैंकमा छ । राज्य र बिद्रोही पक्षका कारण घर न घाटका हुनु भएका योगीले केकसरी हुन्छ न्याय पाउनै पर्छ । तत्कालिन बिद्रोही पक्षको माओवादी सरकारमा छ । एकप्रकारले भन्ने हो भने मुलुक शान्ति प्रक्रियामा आइसको छ । तसर्थ युद्धका कारण पीडित भएको व्यक्तिले न्याय पाउने कुरामा अब कुनै पनि बाहनामा राज्यले कञ्जुँस्याई गर्नु हुँदैन । वैंकमा योगीले लिएको सावाँ र व्याज राज्यले चाहेको खण्डमा मिनाहा गर्न सक्छ । तसर्थ राज्यकै कारण अफ्ठ्यारोमा परेका योगीलाई राज्यले नै राहत दिने कुरामा ढिलाई गर्नु हुँदैन । राज्यले चाहेमा धेरै कुरा हुन सक्छ । राज्य सबैको अभिभावक भएकाले यस नागरिकलाई अफ्ठ्यारोमा पार्ने काम राज्यबाट हुनु हुँदैन । एमाओबादी सरकारमा छ । उसका कारण पनि योगीको समस्या बल्झिएकाले सरकारमा बसेका एमाओवादीले यो विषयमा बढ्ता जिम्मेवार … Continue reading व्यवसायी योगीले न्याय पाउनैपर्छ
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed