ताजा अपडेट

महासंघको भवन निर्माणका लागि सहयोग

        गणतन्त्र समाचारदाता   |   168 Views   |   Published Date : 6th January 2016 |

दाङ पुस २२ । नेपाल पत्रकार महासंघ दाङको भवन निर्माणका लागि सहयोग आउने क्रम जारी छ । महासंघले पूर्व साधारण सदस्यहरु स्वर्गीय शान्ता पौडेल र गणेश केके को स्मृतिमा निर्माण गर्न लागेको भवन निर्माणका लागि नेविसंघ क्षेत्रनम्वर ३ का सभापति तिलक रावतले ५ हजार सहयोग गर्नुभएको हो ।
रावतले मंगलबार घोराहीमा एक कार्यक्रमका बीच महासंघका अध्यक्ष सुदिप गौतम र सल्ल्लाहकार सविन प्रियासनलाई उक्त रकम हस्तान्तरण गर्नुभएको हो । महासंघको भवन भवन निर्माणका लागि सांसद अनिता देवकोटाबाट २ लाख र विभिन्न व्यक्तिहरुबाट गरी १७ हजार सहयोग प्राप्त भइसकेको महासंघले जनाएको छ ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१