ताजा अपडेट

आयात प्रतिस्थापन र सामाजिक न्यायमा जोड

        गणतन्त्र समाचारदाता   |   284 Views   |   Published Date : 6th January 2016 |

घोराही, पुस २२ । आयात प्रतिष्थापन र सामाजिक न्यायका लागि सहकारी क्षेत्रको भुमिका महत्वपुर्ण हुने मंगलवार घोराहीमा आयोजित एक कार्यक्रमका सहभागिहरुले जोड दिएका छन् ।
जिल्ला सहकारी संघ दाङको २३ औँ वार्षिक  साधारणका सहभागिहरुले पछिल्लोसमय सहकारीको भुमिका बढेर गएको भन्दै आत्मनिर्भर अर्थतन्त्रको विकास गर्नुपर्नेमा जोड दिएका हुन् । संविधान निर्माणपछि मुलुक आर्थिक समृद्धिको अभियानमा अघि बढेको बताउदै सहभागिहरुले यसतर्फ ध्यान दिदै सहकारीहरुले लगानिका क्षेत्रहरु पहिचान गरी लगानि बढाउदै लैजानुपर्ने उल्लेख गरेका थिए।  कार्यक्रमका प्रमुख अतिथि स्थानिय विकास अधिकारी रमेश गौतमले सहकारी क्षेत्रलाई अघि बढाउन साझा प्रतिवद्धता आउन जरुरी रहेको बताउनु भयो । सहकारी आन्दोलन केहि सुस्त गतिमा अघि बढेको जस्तो आम जनमानसमा महसुस भएको भन्दै उहाले आन्दोलनलाई वलियो बनाउदै सहकारीमार्फत नै मुलुकको विकास गर्न सकिन्छ भन्ने शन्देश प्रवाह गर्नुपर्ने धारणा राख्नु भयो । कार्यक्रममा विशिष्ट अतिथि डिभिजन सहकारी कार्यालय दाङका प्रमुख विनोद पौडेलले सहकारी क्षेत्रको बृहत्तर विकासका लागि राज्यले ठोस योजना अघि सानुपर्ने विचार ब्यक्त गर्दै यसका लागि स्थानियीस्तरवाट पहल हुनुपर्ने बताउनु भयो । सहकारी शिक्षालाई थप ब्यवस्थित गर्दै गाँउ गाउमा लैजानुपर्ने उहाको भनाई थियो । संस्थाका उपाध्यक्ष शेषुराम भण्डारीको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रममा संस्थाका सचिव  कृष्णप्रशाद शर्माले वार्षिक प्रगति प्रतिवेदन, कोषाध्यक्ष किरण भण्डारीले आर्थिक प्रतिवेदन र लेखा संयोजक हेमराज गौतमले लेखा प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । सो अवसरमा डिभिजन सहकारी कार्यालय दाङ पुर्व कार्यालय प्रमुख नारायणप्रशाद श्रेष्ठ, दाङ वचत तथा ऋण सहकारी संघका अध्यक्ष अञ्जनकुमार पौडेल, कृषि सहकारी संघका अध्यक्ष पदमा आचार्य, उपभोक्ता सहकारी संघका अध्यक्ष नारदमणि पोख्रेल, बहुउदेश्यीय सहकारी संघका अध्यक्ष कृष्णप्रशाद गौतम, नेप्सुनका लेखा समिति सदस्य हुमा डिसि, दाङ जिल्ला उद्योग वाणिज्य संघका सचिव सुशिलप्रकाश आचार्य, राष्ट्रिय सहकारी बैक घोराहीका शाखा प्रमुख नारायण वेलवासे, राप्ति बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष भरत बुढाथोकि, रविदेवि राना मगर, शुक्रराज भण्डारी लगाएतकाले  वोल्नु भएको थियो । कार्यक्रमको सहजिकरण संघका सचिव कृष्णप्रशाद शर्माले गर्नु भएको थियो ।
कृषि सहकारी संघको साधारण सभा
कृषि सहकारी संघ घोराहीको आठौ वार्षिक साधारण सभा सम्पन्न भएको छ । संघकि अध्यक्ष पदमा आचार्यको अध्यक्षता एंव डिभिजन सहकारी कार्यालय दाङका  प्रमुख विनोदकुमार पौडेलको प्रमुख आतिथ्यतामा साधारण सभा सम्पन्न भएको थियो । सो अवसरमा जिल्ला सहकारी संघ दाङका सचिव कृष्णकुमार शर्मा, दाङ वचत तथा ऋण सहकारी संघका अध्यक्ष अञ्जनकुमार पौडेल,  सहकारी संघका उपाध्यक्ष तेजमणि ज्ञवालि, चिरन्जिवि केसि लगाएतकाले वोल्नु भएको थियो। कार्यक्रमको सञ्चालन किशोर पाण्डेले गर्नु भएको थियो ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१