ताजा अपडेट

सेवा प्रवाहलाई पारदर्शी बनाउनुस : मन्त्री शर्मा

        प्रशान्त वली   |   165 Views   |   Published Date : 2nd January 2016 |

दाङ, पुस १८ । सामान्य प्रशासन मन्त्री रेखा शर्माले सरकारी सेवा प्रबाहलाई पारदर्शि बनाउन सबै कार्यालयमा नागरिक सहायता कक्ष, बडा पत्र र गुनासो पेटीकाको व्यवस्था हुन लागेको जानकारी दिनुभएको छ । क्रान्तिकारी पत्रकार संघ दाङले शनिवार घोराहीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा मन्त्री शर्माले सरकारी सेवा प्रवाहलाई नागरिक मैत्री बनाउन लागेको जानकारी दिनुभएको हो ।
मन्त्रालयदेखी गाविस तहसम्म नागरिक सहायता कक्षको स्थापना, बडापत्र र गुनासो पेटीका राख्ने र नागरिक सहायता पुस्तीका प्रकाशन सँगै कुनै पनि सेवा प्राप्त गर्न मोवाईलबाटै जानकारी प्राप्त गर्ने व्यवस्था गर्न लागेको मन्त्री शर्माले जानकारी दिनुभएको छ । साथै सरकारी कार्यालयहरुमा कर्मचारी र बिचौली छुट्याउन नसक्ने अबस्था रहेको भन्दै मन्त्री शर्माले अनिवार्य पोशाक र परिचय पत्रलाई पनि कडाई गरिने बताउनुभयो ।
कुनै कार्यालयमा कर्मचारी धेरै हुने र कतै थोरै हुँदा काममा आउने असहजतालाई अन्त्य गर्न अन्तर मन्त्रालय सरुवा तथा कर्मचारी परिचालनका लागि क्षेत्रिय प्रशासक र प्रमुख जिल्ला अधिकारीलाई अधिकार दिईएको मन्त्री शर्माले जानकारी दिनुभयो । मन्त्री शर्माले पँहुचको भरमा अब कुनै पनि कर्मचारीको काज र सरुवा नहुने समेत बताउनुभयो । साथै कर्मचारीलाई सेवाग्राही मैत्री बनाउन र कर्मचारीतन्त्रलाई सुर्धान कार्वाही गर्ने भन्दा राम्रालाई पुरस्कृत गर्दै लैजाने र अन्यमा पनि सुधार आउने अपेक्षा सुनाउनुभयो । अर्को प्रसंगमा मन्त्री शर्माले मन्त्री मण्डल ठूलो हुनु ठिक नभए पनि प्रधानमन्त्रीको बाध्यता भएको बताउनुभयो । तर आफ्नो पार्टी एकीकृत नेकपा माओबादीले सरकारमा राज्यमन्त्री हुने गरि कसैलाई पनि नपठाउने निर्णय गरेको जानकारी दिनुभयो ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१