सरसफाईमा सक्रियता

दाङ एशीयाकै ठूलो उपत्यका हो । दाङ सबै कुराले सधैभरी नमूना र उत्कृष्ट रहँदै आएको छ । सरसफाईको क्षेत्रमा पनि दाङ उत्कृष्ट छ । मुलुककै सबै भन्दा व्यवस्थित ल्याण्डफिल साइट घोराही नगरपालिकामा रहेको छ । दाङलाई प्रादेशिक राजधानी बनाउनो सम्भावना बढि छ । राजधानी बनाउनका लागि फोहोर व्यवस्थापनको कुरा पनि एउटा सूचक हो । तसर्थ सरसफाईको सवालमा पनि दाङले विशेष रुपमा ध्यान दिन जरुरी छ । यही कुरालाई आत्मसात गर्दै शनिवार घोराहीमा बृहत् सरसफाई कार्यक्रम गरिएको छ । जिल्ला खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समिति दाङको आयोजना र समृद्ध दाङ समुन्नत नेपाल अभियानको संयोजनमा भएको उक्त सरसफाई कार्यक्रममा सहभागि प्रमुख जिल्ला अधिकारी देखि सर्वसाधारणसम्मले बजारमा फोहोर सफा गरेका थिए । कार्यक्रममा सयौंको सहभागिता थियो । कार्यक्रमको उद्देश्य सबैले आफ्नो घर आँगन सफा राख्नुपर्छ भन्ने नै हो । सरसफाई अरुको लागि गर्ने होइन । आफ्नो र आफ्नो घरपरिवारका लागि पनि आवश्यक सरसफाईको विषयलाई सबैले विशेष रुपमा ध्यान दिन सकेको खण्डमा राम्रो हुनेछ । सरसफाईको सवालमा घोराही सधैभरी नमूना भएकाले बेला मौकामा हुने यस्ता अभियानहरुले सर्वसाधारणमा समेत जागरणको काम गर्दछ । सरसफाईको कुरा सामान्य लागे पनि यो अति नै महत्वपूर्ण छ । जीवनको महत्वपूर्ण पाटो बन्नुपर्ने सरसफाइमा सबैले सक्रियता देखाउनुपर्छ । टोलटोल, घरघरमा सरसफाईको अपरिहार्यता अत्यावश्यक छ । सरसफाई हाम्रो दिनचर्या हो … Continue reading सरसफाईमा सक्रियता