नेपालमा ई–पत्रकारितानैतिकता र आचारसंहिताको खडेरी
सन् १४५६ मा प्रिन्टिङ्ग प्रेसको आविष्कार भएपछि सुरु भएको पत्रकारिता वर्तमान समयसम्म आइपुग्दा यसले सूचना प्रविधिलाई आत्मसात् गरेर मात्र पूर्ण बन्ने भएको छ । छापा पत्रकारिता रेडियो, टेलिभिजन, अनलाइन पत्रकारिता हँुदै इन्टरनेटको युगसम्म आइपुगेको छ । सूचना प्रविधिमा आएको पछिल्लो विकास क्रमले इन्टरनेटमा श्रव्य, दृश्य, तस्वीर र अक्षरका माध्यमबाट समाचार वा कुनै पनि सूचना एक स्थानबाट राखेपछि संसारभर क्षणभरमा हेर्न सकिने भएकाले यस प्रविधितर्फ पाठकको आकर्षण बढ्दो छ । विश्वको जुनसुकै स्थानमा प्रकाशन तथा प्रसारण हुने पत्रपत्रिका तथा रेडियो टेलिभिजन पढ्न सुन्न र हेर्न सकिने प्रविधिको विकास इन्टरनेट प्रविधिले सहजता बनाएको छ । अनलाइन वा इन्टरनेट सञ्चार भन्नाले कम्प्युटर र फोनको माध्यमद्वारा गरिने सन्देश सम्प्रेषण भन्ने बुझ्नुपर्छ । अनलाइन साचारमा कम्प्युटर टेलिफोन लाइन वा इन्टरनेट लाइनका साथै विद्युतीय ऊर्जाको पनि अनिवार्य भूमिका रहन्छ । विश्वका विकसित मुलुकहरुले अनलाइन पत्रकारितालाई उच्च महत्व दिएर यससम्बन्धी कानुनको व्यवस्थासमेत गरेका छन् । त्यस अनुसार यसले विकासको गति समातेको छ । विश्वमा इन्टरनेटको सुरुवात सन् १९६० दशकका भएसँगै विश्वमा अनलाइन पत्रकारिताको आरम्भ भएको मानिन्छ । अनलाइन पत्रकारिताको इतिहासलाई हेर्ने हो भने सन् १९७० यता दुई प्रकारका अनलाइन पत्रकारिता पाइन्छ–टेलिटेक्स र भिडियो टेक्स । टेलिटेक्सको प्रारम्भ सन् १९७१ मा बी.बी.सी.बाट भयो । ई–पत्रकारिताको प्रारम्भमा आएको टेलिटेक्स एकतर्फि माध्यम मान्न सकिन्छ । केही समयको अन्तरालमा भिडियो टेक्स … Continue reading नेपालमा ई–पत्रकारितानैतिकता र आचारसंहिताको खडेरी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed