एमाले पवननगरको बैठक सम्पन्न
हापुरे, पुस १८ । नेकपा एमाले पवननगरको बैठक पवननगरमा सम्पन्न भएको छ । गाउँ कमिटीका अध्यक्ष लक्ष्मण भण्डारीको अध्यक्षता तथा नेकपा एमालेका क्षेत्रीय ईञ्चार्ज उत्तरकुमार वलीको प्रमुख आतिथ्यता एवं जिल्ला सदस्य पदम नेपालीको विशिष्ट आतिथ्यतामा बैठक सम्पन्न भएको हो । बैठकले गाविसमा पार्टीका सम्पूर्ण जनबर्गीय संगठन गठन गर्ने, पुस मसान्तभित्र प्रत्येक वडा कमिटीका बैठक बसाउने, सदस्यता शुल्क उठाउनेलगायतका निर्णय गरेको छ । त्यस अवसरमा नेकपा एमालेका नेता राममणि नेपाली, सल्लाकार कमिटीका सदस्य भरतमणी ढकाल, क्षेत्रीय सचिव भिम योगी, क्षेत्रीय सदस्यहरुमा प्रेम नेपाली, भुपती भण्डारी, भिमकान्त भण्डारीलगायतकाले बोल्नुभएको थियो ।
Facebook Comments


Leave a comment