समय कति छिट्टै बित्दो रैछ !

उमेर बढ्दै जाँदा । एउटा निश्चिम उमेरमा । कुनै क्षेत्रप्रति आकर्षण हुनु स्वभाविक विषय हो । त्यही उमेरकै कारण भनौं अथवा के भनौं । समयले पत्रकारितामा डोर्याएर ल्यायो । पत्रकारितामा प्रवेश गर्नेहरु सबैका आआफ्नै कथा छन् । मेरो पनि त्यस्तै कथा छ । सबैलाई आफ्नो कथा फरक लाग्दो हो । मलाई पनि लाग्छ । आफ्नै भएर हुनसक्छ । अरुभन्दा पृथक छ कि जस्तो पनि नलागेको होइन । खैर, जसरी भए पनि यो पवित्र पेशा पत्रकारितामा आइयो । यो पेशा आफैमा अत्यन्तै पवित्र पेशा हो । म यो पेशामा आउन पाए । यसले नै मेरो पहिचान बनाइदियो । यसअर्थमा पत्रकारिताप्रति आभारी छु । यो भन्दा फरक पेशामा हुन्थँे वा केही पनि गर्दैनथँे भने, मेरो अस्तित्व नै हुने थिएन सायद् । म कुनै ठाउँमा, मेरो गाउँ सुपैलाखुटीमै गुमनाम हुनेथिएँ हुँला । जसरी भनौं पत्रकारितामा आउने अवसर पाएँ । यो मेरा लागि सुखद् अवसर थियो । यसमा प्रवेश गरिसकेपछि बाध्यता वा रहरले म यसप्रति दत्तचित्त भएर लागेकै हो । सायद् पत्रकारिताप्रतिको प्रतिबद्धता हुनेथिएन भने, कुनै समय भोकभोकै बरालिएर हिडिने थिएन होला । घरपरिवार, इष्टमित्र, आफन्ती, समाज सबैको लाञ्छनालाई उपहार सम्झेर ग्रहण गर्ने थिएन होला । नशा जस्तै लाग्यो कि के भयो कुन्नी ? कुनै पनि बन्धन, सम्बन्ध, परिवार, समाज कसैले पनि यो पेशाबाट … Continue reading समय कति छिट्टै बित्दो रैछ !