पोशाकले राष्ट्रिय पहिचान दिन्छ : स्वर्णकार

हापुरे, पुस १७ । सांसद शारदाकुमारी स्वर्णकारले राष्ट्रिय पोशाकले पहिचान दिने भएकाले सबैले यसको प्रयोगमा ल्याउन सबैमा आग्रह गर्नुभएको छ । नेपाल राष्ट्रिय प्रथामिक विद्यालय शान्तिनगरको ५५ औँ बार्षिकोत्सव तथा राष्ट्रिय पोशाक एवं लागु औषध न्यूनीकरण कार्यक्रममा बोल्दै यस्तो बताउनुभएको हो । कार्यक्रमको प्रमुख अतिथी समेत रहनुभएकी सांसद स्वर्णकारले विद्यालयको विकासका लागि सक्दो सहयोग गर्ने बताउनुभएको थियो । त्यस्तै लागु औषधले सबैको ज्यान खतरा हुने भएकाले यसको न्यूनीकरणका लागि सबैले सहकार्य गर्नुपर्ने र आफुले यसको प्रयोग घटाउनमा सहयोग गर्ने बताउनुभयो । त्यस अवसरमा लागु औषध न्यूनीकरणको सपथ खुवाउँदै सांसद स्वर्णकारले सबैले यसको प्रयोग नगर्न आग्रह गर्नुभयो । विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष बिरबहादुर विकको अध्यक्षता तथा सांसद स्वर्णकारको प्रमुख आतिथ्यता एवं स्रोत ब्यक्ति कविराज डाँगीको विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको थियो । त्यस अवसरमा शान्तिनगर गाविसका गाविस सचिव विष्णुबहादुर थापा, नेपाली काँग्रेसका सभापति बुद्धिराम तिवारी, नेकपा एमालेका अध्यक्ष धनबहादुर केसी, एकीकृत नेकपा माओवादीका खगेन्द्र शर्मा, उच्चमावि बयालेका प्राचार्य भागवत न्यौपाने,  महिला प्रतिनीधि राधिका परियार, समाजसेवी खिमप्रसाद खराललगायतकाले बोल्नुर्भएको थियो । शिक्षक कमला विकको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण पूर्ण संयोगले गर्नुभएको थियो । त्यस अवसरमा विद्यालयको पठनपाठनमा सहयोग गर्ने हुमबहादुर सिजालीलाई सम्मान गरिएको थियो । कार्यक्रममा सहभागी सबैलाई विद्यालयका प्रधानाध्यपक मीनबहादुर केसीले धन्यबाद ज्ञापन गर्नुभएको थियो । त्यस अवसरमा विभिन्न साँस्कृतिक … Continue reading पोशाकले राष्ट्रिय पहिचान दिन्छ : स्वर्णकार