दुई रुपैयाँमा अड्केको पत्रकारिता र अहिलेको परिवेश : वार्षिकोत्सव विशेष
काठमाडौँ, जुलाई १९५७–२०१४ असार १६–साउन १६ । ‘साहित्य’ र ‘स्वास्नीमान्छे’ पत्रिका म्याजिष्ट्रेट अफिसबाट पास गराउन दरखास्त दिनुपर्नेमा दुई रुपैयाँ नहँुदा अड्केको थियो । यो २ ।– रु. सापटी लिएर दरखास्त दियौं । उपरोक्त वाक्यांश नेपालको एकजना अग्रज पत्रकार र प्रगतिशील साहित्यिक आन्दोलन नेपालमा सुरु गर्नेहरुमध्ये एक साहित्यकार श्यामप्रसादको डायरी (दैर्नान्दनी) का अंशहरु समेटिएको पुस्तक ‘मेरो पत्रकार जीवन’ (प्रकाशन हेटौडा स्कुल अफ मेनेजमेन्ट एण्ड सोसियल साइन्सेस–२०६३) बाट यहाँ उल्लेख गरिएको हो । ‘साहित्य’ र ‘स्वास्नीमान्छे’ दुवै पत्रिकाको नेपाली पत्रकारिता विशेषतः साहित्यिक पत्रकारिताको इतिहासमा निकै महत्वपूर्ण स्थान रहेको छ । त्यसो त श्यामप्रसाद आफैमा नेपालको जनपक्षिय पत्रकारिताको पितामह मानिनुहुन्छ । श्यामप्रसादको उपरोक्त पुस्तकले नेपालमा पत्रकारिताको प्रारम्भीक चरणका समस्या, चुनौती र विकासको धेरै रोचक जानकारी दिन्छ । यसैगरी नेपाल पत्रकार संघको इतिहास, वैदेशिक सम्बन्धका कैयौं पाटाहरु अहिले पनि उत्तीकै जानकारीमुलक मात्र होइन रुचीपूर्ण पनि रहेका छन् । पत्रकारहरुको पछिल्लो पिँढीलाई मात्र होइन सबै तह र तप्काका नवयुवाहरुलाई त्यो बेलाका संघर्ष, कठिनाईहरु पढ्दा अनौठो र आश्चर्यजनक लाग्न सक्छ । वि.स. २०१४ साल असार ६ देखि साउन १६ गते (एक महिनाको समग्र कुरा एकपटक डायरीमा लेखेको देखिन्छ) को अम्हरशीप श्यामप्रसादको यस लेखको प्रारम्भमा उदृध डायरीको अंश । जसमा रु.२ ।– नभएर दुईवटा पत्रिका म्याजिष्ट्रेट अफिस (हालको जिल्ला प्रशासन कार्यालय जस्तै) बाट पास (पारित÷दर्ता) गराउन … Continue reading दुई रुपैयाँमा अड्केको पत्रकारिता र अहिलेको परिवेश : वार्षिकोत्सव विशेष
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed