गणतन्त्रको नाम जुराएको दिन: वार्षिकोत्सव विशेष

जुनबेला द्वन्द्वले सबैलाई त्रासपूर्ण अवस्थामा बाँच्नुपरेको थियो । सडक गल्ली र प्रत्यक नागरिकहरुको घरमा गणतन्त्रका आवाज गुनगुनाउन थालिएको थियो । राजनीतिकदलहरु आफ्नो व्यानरमा सडकमा आउन सक्ने अवस्था थिएन । आम नागरिकहरु प्रेस र मानवअधिकारवादी संघ÷संस्थाको व्यानरको पछि लागेर गणतन्त्रको आवाजमा जुलुसमा निस्किन्थे । आजभन्दा नौ वर्ष अगाडिको स्मरण म त्यसबेला नेपाल पत्रकार महासंघ दाङ शाखाको सभापति थिएँ । महासघंको भवन थिएन, भाडाको घरमा विद्युत कार्यालय नजिकै कार्यालय थियो । मैले त्यस समयमा महासंघको अघिल्तिर होटलको नाम पनि गणतन्त्र राख्न लगाएको थिएँ । सुरुमा होटल साहुजी गणतन्त्रको नाम लेख्न डराए । तर, उनलाई गणतन्त्र लेखेक कारण सेना र प्रहरीले केहि गरे महासंघ बोलिदिने भनेपछि उनले होलको बोर्डमा गणतन्त्र होटल भनि लेखे । होटलको बोर्डमा रातो अक्षरमा गणतन्त्र लेखिएपछि सडकमा हिडने सबैका आँखा गणतन्त्रको शब्दमा पर्न थाले । हस्तबहादुर केसी तत्कालको समयमा एमालेमा थिए । उनी बारम्बार पत्रकार महासंघमा आउने गर्दथे । एकदिन मलाई उनले सोधे यो समयमा एउटा पत्रिका प्रकाशन गर्न प¥यो । त्यसको नाम जुराइदिन प¥यो भनि मलाई अनुरोध गरे । मैले तुरुन्तै हस्तजीलाई भने पत्रिका प्रकाशन गर्ने हो भने पत्रिकाको नाम गणतन्त्र राख्नुहोस् । सुरुमा उनी पनि झस्किए । तर, उनलाई मैले धेरै कुरा बुझाएपछि पत्रिकाको नाम गणतन्त्र राख्ने कुरा भयो । हस्तबहादुर केसीको नाममा पत्रिका दर्ता भयो । … Continue reading गणतन्त्रको नाम जुराएको दिन: वार्षिकोत्सव विशेष