आर्मी, पुलिस, डङाइभर, ठेकेदार ‘पत्रकार’ एकै हुन् : वार्षिकोत्सव विशेष
भर्खरै पत्रकारिताको बाटो समाएको थिएँ । मसँंग पत्रकारिताको कुनै औपचारिक शिक्षा त थिएन न नै । सामान्य तालिम र अनौपचारिक स्वअध्ययन त्यो भन्दा बढि रहरले मलाई पत्रकारिता तर्फ हुत्याएको थियो । यसो भनूँ एफएम रेडियोको आर.जे भन्ने सोखले मलाई पत्रकारसम्म बनाएको हो । सामान्य रिपोर्टिङकै क्रममा सरकारी कार्यालयमा पुग्दा एक कर्मचारीले सुनाए, “कहिँ कतै काम नपाएर पत्रकार बन्छन् र के के जानेको धाक देखाउँछन् ।” त्यति बेला मलाई बिझेको वाक्य थियो नै । तर, यो भनाइमा तितो सत्य पनि लुकेको थियो । अर्कोतर्फ पत्रकारितालाई हाम्रो समाजका विशिष्ठ व्यक्तिहरुले पनि निम्छरो र त्यति गम्भीर क्षेत्रका रुपमा लिदैनन् । जनताको दैलोमा बसेर राज्यका प्रतिनिधित्व गर्नेहरुले नै लोकतन्त्रमा पत्रकारिताको भुमिकालाई त्यति बलियो रुपमा नलिनु बिडम्बना हो । यद्यपी पत्रकारिता जगतमा पत्रकारिता पनि बिकृत बन्दै गएको प्रति चासो छ । तर, चिन्ता छैन । पत्रकारिता बुझेकाहरुले पनि पत्रकारिता टिकाउनु भन्दा आफू टिक्नुमा बढि चिन्ता गर्छन् । समाज परिवर्तनका कुरो त्यो पछि आउँछ । पत्रकारहरुको पनि आफ्नै परिवार हुन्छ, समाज हुन्छ । समाजको समस्या भन्दा परिवारको समस्या प्रधान बन्नु आश्चर्यको विषय भएन । किनकी पत्रकार दोस्रो लोकको जीव होइन । यसले पत्रकारिता पेसाका रुपमा अगाडि आएको छ–सेवा भन्दा पनि । पत्रकारितालाई आयआर्जनको बाटो बनाइएको छ । अझ राजनीतिक दलको भातृ संगठनका रुपमा पत्रकारिता विकास हुन … Continue reading आर्मी, पुलिस, डङाइभर, ठेकेदार ‘पत्रकार’ एकै हुन् : वार्षिकोत्सव विशेष
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed