अभावै/अभावमा कहिलेसम्म चलाउने सञ्चारमाध्यम ?
थाहै भएन पत्रकारितामा प्रबेश गरेको पनि आज दश वर्ष पूरा गरिकन ११ वर्षमा प्रवेश गरिसकेछ । यो दश वर्षमा मैले के गुमाएँ ? के पाएँ ? यसको मूल्यांकन म आफैले गर्नुभन्दा पनि आम पाठक, श्रोता र शुभ चिन्तकहरुले गर्ने विषय हो । तर, मैले आफ्ना लागि त केही गर्न सकिन सबैको मन जित्ने र अर्कालाई रिस पर्ने काम चाही धेरै गरेँ । यस्तै लाग्छ । रेडियो तुलसीपुरबाट मिस कलबाट सुरु भएको मेरो पत्रकारिताले हाल ग्रामीण क्षेत्रमा रहेको सामुदायिक रेडियोमा आएर ब्रेक लागेको छ । यहाँ कति समयसम्म ब्रेक लाग्ने हो अहिले नै भन्न सक्ने अवस्था रहेको छैन । जहाँसम्म लाग्छ अन्य मिडियाभन्दा बढी नै समय मैले यहाँ बिताउँछु होला । बजारकेन्द्रित सञ्चारमाध्यमलाई छोडेर हाल म जिल्लाको सुदूरपश्चिममा रहेको जिल्लाको कान्छो सञ्चारमाध्यमलाई सञ्चालन गर्ने जिम्मेवारी पाएको छु । सुरुका दिनहरुमा समाचारमा केन्द्रित रहेको मेरो पत्रकारिता अहिले सञ्चारमाध्यमहरुलाई कसरी बचाई राख्न र सञ्चालन गर्न सकिन्छ भन्ने सवालमा पनि केन्द्रित रहेको छ । महिनाभरि सामाचार लेख्ने र महिनाको तलव बुझेर पत्रकारिता गरिरहेको मैले हाल आफू र अर्कालाई बचाउने तथा सञ्चारमाध्यमलाई बचाउने काम गर्ने जिम्मेवारी पाएको अवस्था रहेको छ । कहिलेकाही कसरी सञ्चारमाध्यमलाई बचाउने भन्ने विषयले पनि कहिलेकाही चिन्ता बढ्ने गर्दछ । विभिन्न समस्याहरुका बीचमा दाङलगायत देशभरका सञ्चारमाध्यमहरु बचेका छन् र सञ्चालन भएका छन् … Continue reading अभावै/अभावमा कहिलेसम्म चलाउने सञ्चारमाध्यम ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed