सेक्सपियर, माक्र्स र सम्झना

लेखक र विचारकका राष्ट्रियता अनि तिनका सम्झना गर्ने विषय अति सरल देखिए पनि जटिल हुन्छन । गत ग्रेगोरियन वर्ष २०१५ मा मैले अनुभव गरेका र पढेका विषयमध्ये यो सबभन्दा बलियो रहेछ । अहिले बुझ्दैछु । यस लेखमा एकाध पश्चिमेली लेखक र चिन्तकका सम्झनाको विषयमा लेख्न लागेको छु । खासगरी बेलायती नाटककार विश्वविख्यात विलियम शेक्सपियर (१५६४–१६१६) र जर्मन दार्शनिक कार्लमाक्र्स (१८१८–१८८३) को स्मृतिलाई लिएर लेख्ने सन्दर्भ परेको छ । यी दुई पश्चिमेलीहरूलाई काल र भूगोलका सीमा नाघेर हामी किन मानिरहन्छौं भन्ने प्रश्नको उत्तर सजिलो छैन । नेपालमा धेरै माक्र्सवादी दलहरू छन । ती माक्र्सलाई जत्ति बुझ्यो, त्यत्तिले काम चलाउँछन । पश्चिमी माक्र्सलाई मान्नु र पश्चिमी शेक्सपियरलाई मान्नु अनि सार्वभौमिक कुरा गर्नु के उस्तै हो ? सायद फरक छ । शेक्सपियरलाई बुझ्न सजिलो छैन । माक्र्सलाई चाहिए जत्ति बुझेर काम चलाए हुन्छ । राजनीतिक चिन्तकको व्यापकता बढी हुन्छ । सिर्जनशील लेखकको परिचयको वृत्त सानो हुँदै जान सक्छ । लेखकलाई युद्ध, उग्रता र राजनीतिक तापमा बिर्सन सकिन्छ । त्यो मानव जातिको सिर्जनशील कमजोरीको सङ्केत हो । धेरैले मान्ने लेखक र विचारकहरूलाई हामी तिनलाई किन सम्झिन्छौं भन्ने कुराको चर्चा हुँदैन । तर अर्काेतिर हामी स्वदेशी र विदेशी लेखक र चिन्तकलाई बराबरी मान्छौं । शेक्सपियरको विषयमा लेख्नुपर्ने सन्दर्भ सोझो छ । आगामी वर्ष उनको चार … Continue reading सेक्सपियर, माक्र्स र सम्झना