उर्जाका लागि सोलार प्यानल आवश्यक

नेपाल पर्याप्त उर्जा उत्पादन गर्नसक्ने मुलुक हो । प्राकृतिकरुपले जलविद्युत उत्पादन गर्न नेपालले बरदान नै पाएको छ । जलश्रोतको भण्डारकारुपमा रहेको नेपालले विभिन्न कारणले गर्दा जलविद्युत उत्पादन गर्न सकिरहेको छैन । जसले गर्दा मुलुक उर्जा संकटबाट ग्रस्त बन्न पुगेको छ । लोडसेडिङ चरम बन्दै गएको छ । जसले गर्दा उद्योग व्यवसाय धरासायी हुँदैछन् भने अर्थतन्त्र नै धरापमा परेको अवस्था छ । यस्तो बिडम्वन्न पूर्ण अवस्थाका बीचमा मुलुक अगाडि बढिरहेकाले वैकल्पिक उर्जामा पनि राज्यले लगानी गर्नुपर्ने, ध्यान दिनुपर्ने देखिएको छ । वैकल्पिक उर्जाकारुपमा पछिल्लो समयमा सोलार प्यानल प्रणाली प्रभावकारी बन्दै गएको छ । सोलार प्रणाली सुपथ हुनुका साथै प्रभावकारी पनि हुने भएकाले यसको महत्व बढ्दै गएको हो । ग्रामिण क्षेत्रका लागि बहुउपयोगी बनिरहेको सोलारले सहर बजारमा पनि आफ्नो प्रभाव जमाइरहेको छ । राज्यले नै सोलार प्यानल खरिदमा सहुलियतको नीति अख्तियार गर्न सकेको खण्डमा धेरै राम्रो हुनेछ । सूर्यको उर्जाबाट विद्युत निकालेर प्रवाह गर्ने भएकाले यसमा खर्च पनि धेरै लाग्दैन । दाङका अधिकांश क्षेत्रमा बाह्रै महिना घाम लाग्ने भएकाले दाङका लागि यो अति नै लाभदायक छ । दाङको विकट क्षेत्रमा यसले राम्रो प्रभाव पनि जमाएको छ । पछिल्लो समयमा राज्यले प्रत्येक घरमा सोलार प्यानल राख्नैपर्ने नियम बनाएको छ । सोलार प्यानल नराख्दासम्म घरको नक्शा पास नहुनेलगायतका योजनाहरु ल्याएको छ । यसले गर्दा … Continue reading उर्जाका लागि सोलार प्यानल आवश्यक