समाजलाई नयाँ ढङ्गले बदल्नुपर्छ : विश्वासी
दाङ, पुस १३ । नेकपा एमालेका पोलिटब्यूरो सदस्य तथा सांसद भागवत विश्वासीले समाजलाई नयाँ ढङ्गले बदल्नुपर्ने बताउनुभएको छ । तुलसीपुर नगरपालिका १९ को २० औं वडा परिषद्लाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । बजारमा जुन आवश्यक छ त्यही बस्तु आफूले किनेर ल्याउनु भन्दा आफैले उत्पादन गर्नसके आत्मनिर्भर बन्न सकिनेमा उहाँले जोड दिनुभयो । कार्यक्रमका प्रमुख अतिथिसमेत रहनुभएका विश्वासीले गाविस हँुदै नगरपालिकामा गाभिएपछि धेरै सम्भावना हुने भएकाले नगरबासी भएपछिका सम्भावनालाई सदुपयोग गर्न स्थानीयहरुलाई आग्रह गर्नुभयो । एक अर्को प्रसङ्गमा बोल्दै विश्वासीले विश्वकै उत्कृष्ट संविधान भएकाले सबैको अधिकार संविधानमा समेटिएको दाबी गर्नुभयो । अहिलेको सबिधानले सबै अधिकार निर्दिष्ट गरेको हुँदा सबै पार्टी मिलेर जानुको विकल्प नरहेको उहाँको भनाई थियो । नेपालको सविधान प्रति असन्तुष्टि जनाउँदै छिमेकी देश भारतले गरेको अघोषित नाकाबन्दी उसको देशको स्वार्थपन भएको टिप्पणि गर्नुभयो । त्यसैगरी प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीमण्डल बिस्तार गरी सरकार ढलाउन नदिने दाउ भन्ने प्रसंगमा बोल्दै उहाँले संविधान कार्यान्वयन र क्रियाशील बनाउनका लागि भएको बताउनुभयो । संविधान कार्यान्वयनका लागि राष्ट्रिय एकताको आवश्यक भएकाले मन्त्री मण्डल विस्तार गरिएको उहाँको दावी थियो । वडा सचिव मानबहादुर रावतको अध्यक्षता तथा पूर्व सांसद शंकर गिरी र नगरपालिकाका इन्जिनियर पवनकुमार योगीको विशिष्ट आतिथ्यमा भएको कार्यक्रममा बोल्ने अन्य बक्ताहरुले विकासका निम्ति जागरुकता हुनुपर्नमा जोड दिएका थिए । सो अवसरमा वडा … Continue reading समाजलाई नयाँ ढङ्गले बदल्नुपर्छ : विश्वासी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed