नेपाल पत्रकार महासंघ दाङ शाखा २३ औं वर्षमा प्रवेश गरेको छ । २०४९ साल पुस १ गते छलफल गरेर पुस ४ गते स्थापना भएको नेपाल पत्रकार महासंघ दाङले हालसम्म जिल्लामा आफूलाई सशक्त संस्थाकारुपमा स्थापित गर्न सफल भएको छ । नेपाल पत्रकार महासंघ दाङको नेतृत्व र यसको जिम्मेवार पदमा रहेका पदाधिकारीहरुको अथक भूमिकाले पत्रकार महासंघलाई जिल्लामा स्थापित मात्र बनाएन भौतिकरुपमा समेत बलियो संस्थामा विकसित गरेको अवस्था छ । नेपाल पत्रकार महासंघ दाङ शाखाको कुशल नेतृत्वकै कारण दाङको पत्रकारिता मुलुकको नमूना पत्रकारितामा अहिले पनि व्याख्या गरिन्छ । भोलिका दिनमा जिल्लाको पत्रकारिता अझैं समृद्ध होस् भन्नका लागि महासंघले ठोस योजनाहरु निर्माण गर्नैपर्छ । स्थापना दिवसको सन्दर्भमा दाङ शाखाले पुस ४ गतेसम्म विभिन्न सिर्जनशील कार्यक्रमहरु गर्ने तयारी पनि गरेको छ । सञ्चार क्षेत्र पछिल्लो समयमा समाजका लागि सबैभन्दा आश लाग्दो क्षेत्र बनेको छ । समाजको समृद्धिमा हातेमालो गर्दै अगाडि बढिरहेको सञ्चार क्षेत्रले जनताको बोली सशक्तरुपमा सम्बन्धित निकायसम्म पु¥याएर खबरदारी गर्ने भएकाले यसप्रति सबैको आशा र विश्वास छ । जसले गर्दा सञ्चारक्षेत्रलाई सबैले अति नै सम्मान पनि गर्दछन् । सामाजिक उत्तरदायीत्व वहन गर्दै अगाडि बढेको दाङको सञ्चार क्षेत्रप्रतिको सामाजिक दृष्टिकोण भोलीका दिनमा पनि उच्चकोटीकै होस् भन्नका लागि पत्रकार महासंघले संस्थागतरुपमा आफूलाई अभिभावक संस्थाकारुपमा स्थापित गरिरहनुपर्छ । पत्रकार महासंघ दाङ शाखाको गौरव र गरिमा उचो बनाउने काम यसलाई नेतृत्व गरिरहेका अगुवाहरु र यसमा आबद्ध सञ्चारकर्मीहरुको हो । … Continue reading दाङको गौरवमय पत्रकारिता
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed