गत वैशाख १२ गते आएको विनाशकारी भूकम्पका कारण लाखौं सर्वसाधारणले अहिले पनि कष्टकर जीवन बिताउनु परिरहेको छ । तर दुःखका साथ भन्नुपर्छ अहिलेसम्म भूकम्प पीडितहरुको घाउमा मल्हम लगाउन सरकारले सकेको छैन । भूकम्प पीडितहरुको उद्धारका लागि सरकारले निर्माण गर्न लागि रहेको पुनः निर्माण प्राधिकरण सञ्चालनका लागि बनाउनुपर्ने बिधेयक आजका मितिसम्म निर्माण हुन सकेको छैन । भूकम्प पीडितहरुका सबै खाले समस्या समाधान गर्ने उद्देश्यले निर्माण गर्न लागिएको पूर्णनिर्माण बिधेयक पुरा हुन नदिन प्रतिपक्ष नेपाली कांग्रेसले भूमिका खेलि रहेको छ । सदन अबरुद्ध बनाउने काम नेपाली कांग्रेसबाट भइरहेकाले पुर्ननिर्माण बिधेयक निर्माण हुन नसकेको हो । अन्य जे कुरामा राजनीति वा प्रतिशोध निकाले पनि भूकम्प पीडितको समबेदना माथि खिल्लि उडाउने काम कसैले गर्नु हुँदैन । छिटो भन्दा छिटो प्राधिकरण बिधेयक निर्माण गरेर भुकम्प पीडितहरुको समस्यालाई समाधान गर्ने तर्फ सबैले ध्यान दिनुपर्छ । नेपाली कांग्रेसको नेतृत्वमा सरकार हुँदा नेपालमा भुकम्प गएको हो । आफ्नो समयमा भुकम्प पीडितहरुको समस्या समाधान नगर्ने अरुले गर्छु भन्दा काम गर्न नदिने सरासर खराब चिन्तन हो । यसले कांग्रेसको छबिलाई समेत नराम्रोसँग धुमुलेको छ । सरकारमा बस्ने दलहरुको रिसले सर्वसाधारण जनतालाई सास्ती दिने काम गर्नु राम्रो होइन । खराब नियत राखेर नेपाली कांग्रेसले जनतालाई दुःख दिइरहेको छ । यस्तो कार्यले कांग्रेसप्रति जनआक्रोश निश्चितरुपमा बढाउनेछ । आफूलाई लोकतान्त्रिक पार्टी भन्ने नेपाली कांग्रेस जनताको दुश्मन बन्ने गरी कदापि अगाडि बढ्नु हुँदैन । छिटो भन्दा छिटो भुकम्प … Continue reading भूकम्प पीडितको हरिबिजोग
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed