ताजा अपडेट

डा. श्रेष्ठ दम्पत्तीद्वारा बृद्धबृद्धालाई वाटर प्युरिफाई

        गणतन्त्र समाचारदाता   |   254 Views   |   Published Date : 16th December 2015 |

घोराही, पुस १ । घोराही भरतपुर घर भई हाल लण्डनमा बस्दै आउनुभएका डा.भरतराज श्रेष्ठ र डा. रेखा श्रेष्ठको दम्पत्तीले बृद्धबृद्धाहरुलाई पानि शुद्ध गर्ने वाटर प्युरिफाई मेसिन सहयोग गर्नुभएको छ ।
जेष्ठ नागरिक सरोकार केन्द्रद्वारा घोराही–९ तेह्रौटेमा सञ्चालित बृद्धाश्रममा रहेका बृद्धबृद्धाहरुलाई शुद्ध खानेपानी उपलब्ध गराउने उद्देश्यले श्रेष्ठ दम्पत्तीले वाटर प्युरिफाई मेसिन सहयोग गर्नुभएको हो । जेष्ठ नागरिक सरोकार केन्द्रका बरिष्ठ उपाध्यक्ष भुपाल गिरीलाई श्रेष्ठका भाइ ध्रुवकुमार श्रेष्ठ, कुमारराज श्रेष्ठले वाटर प्युरिफाइ मेसिन हस्तान्तरण गर्नुभएको थियो । सो अवसरमा बृद्धाश्रममा वाटर प्युरिफाई सहयोग गर्ने श्रेष्ठ परिवारलाई सरोकार केन्द्रकोतर्फबाट वरिष्ठ उपाध्यक्ष गिरीले धन्यवाद दिँदै आभार प्रकट गर्नुका साथै निरन्तररुपमा सहयोग गर्न आग्रह गर्नुभएको थियो ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१