उत्पिडित समुदायको उत्थान गर्ने संविधान बनेको छ : बिश्वासी

दाङ, पुस १ । नेकपा एमालेका केन्द्रीय पोलिट ब्यूरो सदस्य एवं सांसद् भागवन विश्वासीले समाजका उत्पिडित समुदायको उत्थान गर्ने सविधान निर्माण भएको बताउनु भएको छ । एमालेको अहः भुमिकाबाट निर्माण भएको सविधानले समाजको तल्लो तहमा रहदै आएको समुदायको प्रतिनिधित्व गर्ने बताउनुभयो । नेपाल उत्पीडित जातिय मुक्ति समाज दाङको जिल्ला कार्यकर्ता भेलालाई घोराहीमा संबोधन गर्दै उहाँले दलितको पक्षमा सविधान निर्माण भएकाले आफ्नो अधिकार प्राप्तीका लागि सचेत र जिम्मेवारीपुर्ण रुपमा लाग्नु पर्ने बताउनुभयो । संविधान कार्यान्वयनका लागि अझै तीन सय बढि कानुनहरु निर्माण हुनु पर्ने भन्दै सविधानले ग्यारेन्टी गरेका अधिकार कानुनमा रुपान्तरण गर्न पनि शसक्त दवाव आबस्यक पर्ने बताउनुभयो । मुक्ति समाजका अध्यक्ष चुर्णबहादुर नेपालीको अध्यक्षता तथा सांसद भागवत विस्वासीको प्रमुख आतिथ्यता एं सांसद शारदा स्वर्णकारको विशिष्ठ आतिथ्यमा कार्यक्रम भएको हो । कार्यक्रममा बोल्ने अन्य बक्ताहरुले सम्पुर्ण दलित समुदायले आयआर्जनलाई प्राथमिकता दिदै सामाजिक रुपान्तरणमा क्रियाशिल भएर लाग्नुपर्नेमा जोड दिएका थिए । सुन्दर विश्वकर्माको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रममा एमाले जिल्ला सदस्य देबराज विश्वकर्मा, मानबहादुर विश्वकर्मा लगाएतले बोल्नु भएको थियो भने सञ्चालन सचिब शंकर नेपालीले गर्नुभएको थियो । यसैबिच भेलाले कमिटिलाई जिल्ला सम्मेलन आयोजक समिटीमा रुपान्तरण गरेको छ । कृष्ण बहादुर परियार सयोजकत्वमा रहेको आयोजक कमिटीको आजै बसेको बैठकले पौष महिना भित्रमा सम्पुर्ण गाउ कमिटीहरुको सम्मेलन गर्ने निर्णय गरेको छ । Facebook Comments