अख्तियारले फसायो : बादल

दाङ मंसिर २८ । नेपाल क्रान्तिकारी माओवादीका संगठन ब्युरो सदस्य रामबहादुर थापा बादलले भारतले गरेको नाकाबन्दीको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमै विरोध भइरहेको भन्दै नाकाबन्दी विरोध गरेकै भरमा नेपालका नेताहरुलाई अख्तियारले फसाउन खोजेको आरोप लगाउनु भएको छ । थारुवान राज्य समितिले आइतबार घोराहीमा गरेको पत्रकार सम्मेलनमा बोल्दै माओवादी नेता थापाले अख्तियार प्रमुख लोकमान सिंह कार्कीले नेताहरुलाई वयानका लागि पत्र काटेकोलाई राजनीतिक कदमको संज्ञा दिँदै भारतबाट भइरहेको नाकाबन्दीको विरोध गर्ने नेताहरुलाई छानीछानी फसाउन खोज्नु राजनीतिक पूर्वाग्राही भएको टिप्पणी गर्नुभयो । ‘पछिल्लो समयको अख्तियारको प्रकरणले हामी सबैलाई झस्काएको छ, जुनरुपमा नेताहरुलाई अख्तियारबाट अहिले वयानका लागि बोलाइएको छ त्यो सरासर राजनीतिक पूर्वाग्राह देखाएको महसुस भइरहेको छ–उहाँले भन्नुभयो–‘यो अर्थ नलागोस् कि हामीले नेताहरुमाथि छानविन नै गर्नु हँुदैन भन्न खोजेको चाही होइन्, हाम्रो धारणा यति हो कि अख्तियारको भ्रष्टाचार न्यूनीकरणका लागि चालिएको सकारात्मक हँुदा हुँदै पनि त्यो समय उपयुक्त भएन्, अहिले मुलुक संकटसग जुधिरहेको वेला एक्कासी नेताहरुलाई भारतबाट निर्देशित भएर अख्तियारले पत्र काटेको हो कि भन्ने हाम्रो आशंका हो ।’ राष्ट्रिय संकटलाई देखाएर मुलुकमा भ्रष्टाचार गर्नलाई कसैलाई छुट नभएको भन्दै माओवादी नेता थापाले अख्तियार प्रमुख कार्कीको नियुक्तीका विषयमा विगतदेखि आफ्नो पार्टीको असहमति जनाएपनि ठूला दलहरुले जवर्जस्ती ढङ्गबाट नियुक्ति गर्दा वर्तमान परिस्थिति जन्मिएको धारणा राख्नुभयो । संकटको मौका छोपेर मुलुकमा ब्याप्तरुपमा भ्रष्टाचार, कालोबजारी मौलाएकाले यसतर्फ अख्तियारले जुनरुपमा चासो दिनुपर्ने नदिएको आरोप … Continue reading अख्तियारले फसायो : बादल