ताजा अपडेट

सामाजिक सद्भाव बचाउन एक हौंं : शान्ता चौधरी

        शरद रेग्मी   |   195 Views   |   Published Date : 11th December 2015 |

Shanta Chaudhari-Reportas Club-Dangदाङ, मंसिर २५ । सकारात्मक अभियानकी अभियन्ता शान्ता चौधरीले बिग्रिन थालेको सामाजिक सद्भाव बचाउनका लागि सबै नेपाली लाग्नुपर्ने बताउनुभएको छ। रिपोर्टर्स कल्ब दाङको आयोजनामा २५ मंसिर शुक्रवार भएको साक्षात्कार कार्यक्रममा बोल्दै चौधरीले ठूला भनिएका र विशेषगरी कम्यूनिष्ट पार्टीहरुले जातीय संगठन खोलेर राजनीति गर्न खोज्दा अहिले देशले यो अवस्था भोगिरहेको बताउनुभयो ।

‘थारु–पहाडी, मधेसी–पहाडी अनि अन्य जातजातिमा पनि सद्भाव बिग्रिएको छ’–उहाँले भन्नुभयो, ‘एक जातको मान्छे अर्काे जातको मान्छेदेखि तर्सिने अवस्था विशेषगरी नेपालका कम्यूनिष्ट पार्टीले ल्याएका हुन् ।’ उहाँले जातीयभन्दा अब वर्गीय संगठन खोलेर सबै वर्गको समुन्नतीमा लाग्नुपर्ने जोड थियो । ‘म सधैं बर्गीय मुक्तिको आन्दोलनमा लागेको मान्छे हुँ’–उनले भन्नुभयो, ‘अहिले थारुका एकाध नेताहरुले चलाएको आन्दोलन सबै थारु समुदायको होइन, अनि केही मधेसी नेताले गरेको आन्दोलन सबै मधेसको होइन ।’ रिपोर्टर्स कल्बका अध्यक्ष शरद रेग्मीको अध्यक्षतामा भएको कार्यक्रमा उहाँले थारु तथा मधेसी समुदायलाई राज्यले वर्षाैदेखि पछि पारेको भन्दै आम मधेसी अनि थारुको हकहित र अधिकारको लागि राज्य अभिभावक बनेर उभिनुपर्ने बेला भएको बताउनुभयो । क्लबले गरेको सम्मान कार्यक्रममा बोल्दै उहाँले अहिलेका थारु, मधेसी आन्दोलन हिंसा र अपराधतिर उन्मुख भएको भन्दै यो बेला सचेत वर्गहरु सद्भावका लागि उठ्नुपर्ने बताउनुभयो । ‘आन्दोलन हिंसा र अपराधिक हुन थालेको छ, जुन समुदायको लागि आन्दोलन गरिएको हो, उनीहरुलाई दुख दिएर आम नेपालीको घाँटी समाउन पाइन्न’ उहाँले भन्नुभयो, ‘कसैले अपराध गरेपनि त्यो सबै समुदायलाई अपराधीको आँखाले हेरिन्छ तर, अपराधीको कुनै जात हुँदैन ।’ रिपोर्टर्स कल्बका उपाध्यक्ष सुरेशसुमन डाँगीको स्वागत मन्तब्यवाट सुरु भएको कार्यक्रमको सहजीकरण पत्रकार बालाराम खडकाले गर्नुभएको थियो ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१