मंगोल नेशनलको जिल्ला अध्यक्षमा पुन

घोराही, मंसिर २५ । मंगोल नेशनल अर्गनाइजेसन दाङको जिल्ला कार्य समिति पुर्नगठन गरिएको छ । अर्गनाइजेसनको शुक्रवार घोराहीमा भएको जिल्ला अधिवेशनले कार्य समिति पुर्नगठन गरेको हो । अधिवेशनले घोराही निवासी समिर पुनको अध्यक्षतामा ९ सदस्यीय कार्य समिति पुर्नगठन गरेको छ । जसको सचिवमा नविन जिएम, सह–सचिवमा कमल थापा मगर, कोषाध्यक्षमा कृष्णबहादुर घर्तीमगर रहनु भएको छ । त्यस्तै सदस्यहरुमा विक्रम पुन, जङ्गबहादुर घर्ती, प्रेम चौधरी, बलबहादुर घर्ती, विजयथापा मगर रहनुभएको छ । त्यस्तै अधिवेशनले धनशरी रोकामगर र टेमन बुढा मगरलाई सल्लाहकारमा चयन गरेको छ । मंगोल नेशनल अर्गनाइजेशनका केन्द्रिय सचिव सुर्यकुमार गुरुङको प्रमुख आतिथ्यता एवं केन्द्रीय प्रवक्ता विरलाल राइ र केन्द्रिय सदस्य थम्मन बुढा मगरको विशेष उपस्थितीमा अधिवेशनको उद्घाटन कार्यक्रम भएको थियो । प्रमोद बुढा मगरको स्वागत मन्तब्यबाट शुरु भएको अधिवेशनको उद्घाटन कार्यक्रममा मंगोल नेशनल अर्गनाइजेशन रोल्पाका संयोजक लालमन घर्ती मगर लगाएतले बोल्नुभएको थियो । अधिवेशनको अध्यक्षता कृष्णबहादुर घर्ती मगरले गर्नुभएको थियो । Facebook Comments