दाङ उ.वा.संघद्वारा सकारात्मक कार्यको सुरुवात

भारतीय नाकाबन्दीका कारण इन्धनको चरम अभाव भइरहेको समयमा दाङ जिल्ला उद्योग वाणिज्य संघले घोराहीमा सर्वसाधारणका लाग दाउरा बिक्री सुरु गरेको छ । जिल्ला वनको वन पैदावार आपूर्ती समितिको निर्णय अनुसार उवासंघले यस्तो कार्य सुरु गरेको हो । जसले गर्दा इन्धनको अभावमा छटपटाइ रहेका केही नगरबासीले निश्चय नैराहतको महसुस गरेका छन् । भारतीय नाकाबन्दीका कारण इन्धनको चरम अभाव छ । स्थानीयस्तरमा पाइने काठदाउरा पनि सर्वसाधारणको पहुँच बाहिर छ । यस्तो अवस्थामा बजारमै दउरा बिक्री केन्द्र सञ्चालन गरेर संघले अति नै राम्रो काम गरेको छ । यदि दाउरा बिक्री केन्द्रले कम्तिमा पनि अभाव कायम हुँदासम्म सञ्चालन गर्न सकियो भने धेरै उत्तम हुनेछ । दाङ जिल्ला उवासंघ पछिल्लो समयमा सामाजिक अभियानसँग पनि जोडिएको छ । व्यवसायीहरुको हकहितका लागि मात्र नभएर संघले समाजका लागि महत्वपूर्ण कार्यहरु गर्दै आएकाले संघले पछिल्लो समयमा स्थापना गरेको दाउरा बिक्री केन्द्र सञ्चालन गरेर आफूलाई सामाजिक अभियन्ताकारुपमा पनि स्थापित गरेको छ । सजिलोमा सबैले काम गर्न सक्दछन् । यतिबेलाको अवस्था अति नै सम्वेदनशील अवस्था हो । यस्तो अभावको समयमा सर्वसाधारणलाई दाउरा उपलव्ध गराउनु चानचुने कुरा होइन । तसर्थ उवासंघले महत्वपूर्ण समयमा सुरु गरेको दाउरा बिक्री केन्द्रलाई निरन्तरता दिने र यसको सेवा सुबिधा सबैले पाउन सक्ने कुरामा विशेष ध्यान दिनुपर्छ । देखाउनका लागि मात्र कुनै पनि कार्य गर्नु भन्दा त्यसको सकारात्मक … Continue reading दाङ उ.वा.संघद्वारा सकारात्मक कार्यको सुरुवात