नेपालमा भारतको दादागिरी चल्दैन : गुरुङ

भारतसँंगका असमान सन्धी खारेज गर्नुपर्नेमा जोड दाङ मंसिर २३ । नेपाल क्रान्तिकारी माओवादीका केन्द्रीय सचिव देव गुरुङले नेपालको आन्तरिक मामलामा भारतीय हस्तक्षेप स्वाभिमानी नेपालीहरुलाई स्विकार्य नहुने बताउनुभएको छ । पश्चिम मगरात राज्य समितिले मंगलबार घोराहीमा गरेको पत्रकार सम्मेलनमा बोल्दै सचिव गुरुङले नेपालको आन्तरिक मामिलामा भारतले हात हाली नेपालमाथि नाकाबन्दी गर्नु गलत भएको बताउनु भयो । मुलुकको समस्या समाधान गर्न नेपालीहरु आफै सक्षम रहेको भन्दै अनावश्यक हस्तक्षेप गरेर भारतले नेपालको राष्ट्रियमाथि प्रहार गरेको टिप्पणी गर्नुभयो । ‘संसदवादी दलहरुले भारतको विश्वास धेरै गर्दा मुलुकले वर्तमान समस्या भोग्नु परिरहेको छ, भारतको बिस्तारवादी नीतिलाई उनीहरुले सयममै बुझ्न सकेन, यहि नै ठूलो कमजोरी हो’, नेता गुरुङले भन्नुभयो, ‘फेरि पनि त्यो गल्ती र कमजोरी ठूला दलहरुले दोहो¥याउनु हँुदैन भन्ने हाम्रो पार्टीको धारणा हो, राष्ट्रियतालाई कमजोर पारी विदेशी सामु लम्पसाल पर्नेलाई स्वाभिमानी नेपालीले त्यसै छाड्नेवाला छैन, प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले यस बारेमा विशेष ख्याल गर्न जरुरी छ ।’ नेपालको संविधानप्रति असन्तुष्ट भएर भारतले नेपालमाथि नाकाबन्दी गरेर आफ्नो बिस्तारवादी हर्कत देखाएको आरोप लगाउनुभयो । संसदवादी दलहरुले भारतलाई धेरै विश्वास गर्दा अहिले मुलुकमा गम्भीर असहज परिस्थिति सिर्जना भएको भन्दै उहाँले यसको यसको सामना गर्न सबै दलहरु एकीकृत भएर लाग्नुपर्नेमा जोड दिनुभयो । आन्तरिक समस्याको समाधानतर्फ ठूला दलहरुले आफ्नो भुमिका बढाउनुपर्ने भन्दै सचिव गुरुङले मधेसी र थारुको समस्या समयमै समाधान नभए मुलुक गम्भीर दुर्घटनामा फस्ने … Continue reading नेपालमा भारतको दादागिरी चल्दैन : गुरुङ