ताजा अपडेट

दाङको फेरि अर्को यातायात समिति

        गणतन्त्र समाचारदाता   |   742 Views   |   Published Date : 8th December 2015 |

दाङ मंसिर २2 । दाङमा यातायात क्षेत्रको विकासका क्रममा सुविधायुक्त बस सञ्चालन हुने भएको छ । पहिलो चरणमा दाङ काठमाडौँसम्म सञ्चालन गरिने मालिका कालिका यातायात प्रालिका सञ्चालकहरुले बताएका छन् ।
प्रत्येक बसका लागि करिव पौने करोड लगानी गरी प्रालिमार्फत् यातायात सञ्चालनको तयारी भएको सञ्चालक सुमन पोख्रेलले पत्रकार सम्मेलनमा जानकारी गराउनुभयो । प्रालिले सोमबार तुलसीपुरमा पत्रकार सम्मेलन गरी पुरानो सेवाले अहिलेको मागलाई पुरा गर्न नसक्ने महसुस गरी आगामी पुस महिनाभित्र यातायात सेवा सञ्चालन गर्न लागिएको पोख्रेलले बताउनुभयो ।पहिलो चरणमा ८ वटा बस सञ्चालन हुने थियो, भने क्रमशः ३० बढी बस दर्ता हुने र आवश्यक्ता अनुसार विभिन्न जिल्लामा समेत सेवा बिस्तार गरिने जानकारी गराएको थियो । प्रालिका सञ्चालक सुमन पोख्रेलको अध्यक्षतमा भएको पत्रकार सम्मेलनमा सञ्चालकहरु गेहेन्द्र वली, अरुण श्रेष्ठ, रम्वा वलीलगायतले प्रालिद्वारा सञ्चालन गरिने बस सेवाले पूर्णरुपमा सन्तुष्टि दिने बिश्वास दिलाउनुभएको थियो ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१