राप्तीमा नयाँ शक्ति गठन

घोराही, मंसिर २१। नयाँशक्ति अभियानको आयोजनामा आइतबार तुलसीपुरमा भएको भेलाले राप्तीका विभिन्न जिल्लाहरुमा नयाँशक्तिको जिल्ला अभियन्ता समिति गठन गरेको छ ।भेलाले दाङमा धिरज सेर्पालीको संयोजकत्वमा १ सय ५१ सदस्यीय जिल्ला अभियन्ता समिति, प्युठानमा हिमबहादुर केसीको ५१ सदस्यीय जिल्ला अभियन्ता समिति गठन गरेको छ । त्यस्तै भेलाले रोल्पामा सन्तु कामी सुशीलको संयोजकत्वमा २५ सदस्यीय जिल्ला अभियन्ता समिति, सल्यानमा पे्रम घर्तीको संयोजकत्वमा २९ सदस्यीय जिल्ला अभियन्ता समिति र रुकुममा दिपेन्द्र विकको संयोजकत्वमा जिल्ला अभियन्ता समिति गठन गरेकोे छ । अभियानलाई तल्लो तहसम्म पु¥याउन राप्तीका जिल्लाहरुमा नयाँ शक्ति गठन गरिएको हो । अभियानका केन्द्रिय अभियन्ता सरुन वाठा मगरको अध्यक्षता एवं अर्का केन्द्रीय अभियन्ता बामदेव क्षेत्रीको प्रमुख आतिथ्यतामा भेला सम्पन्न भएको थियो । Facebook Comments