नाकाबन्दीको विरोधमा राजमोको सभा
दाङ, मंसिर २१ । राष्ट्रिय जनमोर्चा दाङ देउखुरीले भारतीय नाकाबन्दीको बिरोधमा आइतबार तुलसीपुरमा बिरोध सभाको आयोजना गरेको छ । भारतीय हस्तक्षेप बन्द गर, ओघोषित नाकाबन्दी फिर्ता गर, भन्ने नाराका साथ तुलसीपुरमा बिरोध सभाको आयोजना गरेको जनमोर्चा दाङले जनाएको छ । संविधानको बिरोधमा भारतले अघोषित रुपमा नाकाबन्दी गरेर मधेसबादी दलहरुलाई उस्काएको वक्ताहरुले बताएका छन् । भारतद्वारा नेपालको जलश्रोतमाथि कब्जा, सीमा अतिक्रमण, राजनैतिक र प्रशासनिक हस्तक्षेप लगातार अगाडि बढ्दै आएको भन्दै उनीहरुले मधेसमा दुई प्रदेश, स्वायत्त प्रदेश जस्ता बिखण्डनकारी माग पुरा गराउन भारत उद्धत रहेको उनीहरुले आरोप लगाएका छन् । निर्दोष नागरिकलाई जिउँदै पेट्रोल छर्केर जलाउनेदेखि राष्ट्रिय मानवअधिकार अयोगको गाडीमा आगजनी गरेर हिंस्रक गतिविधि प्रदर्शन गरेको उनीहरुले बताएका छन् । सभालाई सम्वोधन गर्दै बुद्धिजीवि संघका केन्द्रीय अध्यक्ष शशिधर भण्डारीले भारतले गरेको अघोषित नाकाबन्दी तत्काल खुला गर्नका लागि सम्पूर्ण नेपाली जनता एकजुट हुनुपर्ने बताउनुभएको थियो । लामो समयदेखिको नाकाबन्दीका कारण नेपाली जनताले ठूलो संकट व्यहोर्नु परेको बताउँदै उहाँले अब अर्काको मुख ताक्नु भन्दा आफ्नै देशको आर्थिक विकास गरी आत्मनिर्भर बन्नतर्फ जोड दिनुपर्ने बताउनुभएको थियो । देशमा नयाँ सविधान जारी भएसँंगै देश गम्भीर मोडतर्फ गएको भन्दै सबै नेपाली जनता मिलेर राष्ट्रको रक्षा गर्नुपर्ने बताउनु भयो । जनमोर्चाका तुलसीपुर नगर कमिटिका अध्यक्ष दुर्गाप्रसाद खनालको अध्यक्षतामा भएको सभालाई जनमोर्चाका पूर्व केन्द्रीय सदस्य भरत भण्डारी, जिल्ला सचिव गणेश आचार्य, जिल्ला सदस्य शुक्रराज भण्डारीलगायतले सम्वोधन गर्नुभएको … Continue reading नाकाबन्दीको विरोधमा राजमोको सभा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed