थारु युवा स्वयंसेवक संगठनको घोषणा

थरुहट र थारुवान आन्दोलनलाई सशक्त बनाउने दाङ, मंसिर २१ । करिव चार महिनादेखि जारी रहेको थरुहट र थारुवान आन्दोलनले उठाएका मुद्दा र मागहरुप्रति सरकार रत्तिभर संवेदनशील नभएको भन्दै थारु युवाहरुले आन्दोलन सशक्त र निर्णायक बनाउन घोषणा गरेका छन् । उनीहरुले आइतबार रिपोर्टर्स क्लव दाङमा पत्रकार समेलन गरी आन्दोलनलाई सार्थकता तुल्याउन थारु युवा स्वयंसेवक नामक संगठन निर्माण गरेको घोषणा गरेका थिए । दाङमा तीन दिनसम्म चलेको थारु अगुवाहरुको भेलाले राष्ट्र व्यापि रुपमा ‘थारू युवा स्वयंसेवक’ नामक संगठन बिस्तार गर्ने भएको छ । करिव चार महिनादेखि जारी रहेको थरुहट र थारुवान आन्दोलनले उठाएका मुद्दा र मागहरुप्रति सरकार रत्तिभर संवेदनशील नभएको भन्दै भेलाले आन्दोलन सशक्त र निर्णायक बनाउन थारु युवा स्वयंसेवक नामक संगठन निर्माण गर्ने निर्णय गरेको हो । थरुहट र थारुवान जागरण तथा भण्डाफोर अभियान सञ्चालन गर्नका लागि ‘एक गाउँ १०० थारु युवा जाऊँ’ भन्ने नाराका साथ संगठन निर्माण गरिने निर्णय पनि गरेको छ । जसका लागि महावीर चौधरीको संयोजकत्वमा ११ सदस्य प्रारम्भिक तदर्थ कार्यसमिति गठन गरिएको छ । शुक्रबारदेखि पश्चिम दाङको चखौरामा सुरु भएको राष्ट्रिय थारु युवा भेलाले दाङ चखौरा घोषणा पत्र जारी गरेको छ । थरुहट र थारुवान आन्दोलनको माग मुद्दा बिरुद्ध रहेका एवं पहिचान बिरोधी तत्वहरुलाई राजनीतिक एवं सामाजिक रुपले बहिस्कार गर्दै थरुहट र थारुवान भूमिमा प्रवेश निषेध गर्ने निर्णय पनि गरेको पत्रकार सम्मेलनमा संगठनका केन्द्रीय … Continue reading थारु युवा स्वयंसेवक संगठनको घोषणा