शिक्षा क्षेत्रको सुधार

मुलुकको समृद्धिको आधार शिक्षा हो । शिक्षाको स्तरमा सुधार भएमा मुलुक सोतः समृद्धिको मार्गमा अगाडि बढ्छ । नेपालको शिक्षा क्षेत्रको समग्र मूल्यांकन गर्दा सन्तोष लिने ठाउँ छैन । अहिले पनि हजारौं बालबालिकाहरु विद्यालय जानै नपाउने स्थितिमा छन् । विद्यालय गए पनि अध्ययनलाई निरन्तरता दिन नपाउने अवस्थामा सयौं बालबालिकाहरु भएकाले उनीहरुलाई विद्यालय भर्ना गर्नुका साथै राज्यले विपन्न बालबालिकालाई सहजरुपमा अध्ययनको वातावरण मिलाउन जरुरी छ । विपन्न बालबालिकाका लागि निःशूल्क शिक्षा, निःशूल्क शैक्षिक सामग्री वितरण र छात्रवृत्तिको व्यवस्था अनिवार्यरुपमा गर्नुपर्छ । त्यसैगरी सरकारकातर्फबाट बालबालिकालाई छुट्याउने सहयोग सम्बन्धितका नाममा नै खर्च हुने परिपाटी मिलाउनेतर्फ पनि ध्यान दिनुपर्छ । अन्य जिल्लाको तुलनामा दाङमा शिक्षाको अवस्था राम्रो छ । तर, पनि सन्तुष्ट गर्ने ठाउँ भने त्यति छैन । पछिल्लो समयमा विषयगत पढाइ शुरु भएका छन् । तर, यहाँका सबै बालबालिकाका लागि सहजरुपमा पहुँच पुग्ने गरी शैक्षिक क्षेत्रलाई सूचारु गर्न अझैं पनि सकिएको छैन । राजधानी र ठूलो सहरहरुमा भन्दा सुपथ मूल्यमा विषयगत पाढाइ जिल्लामै गर्न सकिने भएपनि यसमा पनि धेरै कुराहरुको सुधार आवश्यक छ । जसका कारण शिक्षा क्षेत्रको पहुँचबाट अहिले पनि धेरै बञ्चित छन् । यी र यस्ता कुराहरुलाई विश्लेषण गर्दा राज्यले केन्द्रीय तहबाटै शैक्षिक क्षेत्रको सुधार र विकासका लागि धेरै कामहरु गर्न बाँकी छ । संघीय संविधान निर्माण भइसकेको अवस्थामा अब नेपालको शिक्षालाई … Continue reading शिक्षा क्षेत्रको सुधार