शान्ता चौधरीले भन्नुभयो-‘आउनुहोस् अब सद्भाव कायम गरौं’
मंसिर २६ गते दाङमा सद्भाव ¥याली दाङ, मंसिर २० । सकारात्मक अभियानका अभियन्ता शान्ता चौधरी र सरस्वती सुब्बा अहिले सबैका केन्द्रबिन्दु हुनुहुन्छ । जाति र पार्टीभन्दा माथि उठेर देशको लागि सोचौं भन्ने नाराका साथ सकारात्मक अभियान चलाएका यि दुइले अहिले सकारात्मक सोचको विकास गर्दै समाजमा सद्भाव फैलाउने उद्देश्यले सद्भाव ¥यालीको आयोजना गर्ने भएका छन् । समाजमा हिंसा होइन शान्ति चाहिएको छ, जाति, पार्टी होइन मानव भएर बाँच्न पाउनुपर्छ भनेर सकारात्मक अभियान सञ्चालन गरिरहेका अभियन्ताहरुले दाङमा यही मंसिर २६ गते सद्भाव ¥यालीको आयोजना गर्ने भएको छ । शान्ता चौधरीको गृह जिल्ला दाङमा जिल्लाका सम्पुर्ण सरोकारवालाहरुको उपस्थितीमा सद्भाव ¥याली आयोजना गर्ने निर्णय भएको छ । २० मंसिर आइतवार घोराहीमा भएको सर्वपक्षिय, सर्वदलिय बैठकले २६ गते सदरमुकाम घोराहीमा सद्भाव ¥याली तथा सभाको आयोजना गर्ने निष्कर्षमा पुगेको हो । ‘हामीले जाति र पार्टी भन्दा पहिले मानव हौं । तर अहिले जाति, पार्टी भनेर दिनदिनै मान्छे मरिरहेको अवस्था छ । त्यसैले जाति र पार्टी भन्दा पहिले हामी मानव हौं । हामी सबैले मिलेर बस्नुपर्छ । हामी मानव भएकोमा गर्व गर्नुपर्छ भनेर यो अभियान थालेका हों’–त्यस अवसरमा शान्ता चौधरीले भन्नुभयो, मुलुक अहिले तहसनहसको अवस्थामा पुगेको छ । बिहानै उठेर शुभ समाचार सुन्नुको सट्टा हामीले मान्छे मरिरहेको, समवेदनाको खबर सुन्नुपरिरहेको छ ।’ लामो समयदेखी भइरहेको नाकावन्दी र … Continue reading शान्ता चौधरीले भन्नुभयो-‘आउनुहोस् अब सद्भाव कायम गरौं’
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed