अनेरास्ववियुले नेत्रलाल अभागीलाई सम्झने

दाङ मंसिर २० । नेकपा एमाले निकट अनेरास्ववियुले दङाली कम्युनिष्ट आन्दोलनका धरोहर नेत्रलाल अभागीलाई सम्झने भएको छ । शनिबार घोराहीमा सम्पन्न नियमित बैठकले यही पुस ६ गते विविध कार्यक्रम गरी अभागीलाई सम्झने निर्णय गरेको हो । जिल्ला उपाध्यक्ष सर्जन परियारको अध्यक्षता एवं नेकपा एमाले दाङका मोर्चा विभाग प्रमुख विवेक श्रेष्ठको प्रमुख आतिथ्यता तथा पूर्व अध्यक्ष मोहनसिंह सुुनारको विशिष्ट आतिथ्यतामा भएको बैठकले नेत्रलाल अभागीको स्मृति दिवसको अवसरमा पुस ६ गते उद्योगी व्यवसायी, पत्रकार र विद्यार्थीका बीचमा मैत्रीपूर्ण क्रिकेट प्रतियोगीता सञ्चालन गर्ने निर्णय गरेको छ । साथै कार्यक्रम सम्पन्न गर्नका लागि संगठनका जिल्ला सदस्य एवं क्षेत्र नम्वर ३ का ईञ्चार्ज बामदेव वलीको संयोजकत्वमा संगठन विभाग प्रमुख अभिषेक विएम र प्रचार विभाग प्रमुख पवन आचार्य सदस्य रहेको उप–समिति गठन गरिएको छ । साथै बैठकले संगठनलाई चुस्त दुरुस्त बनाउन संगठन बिस्तार अभियानलाई तीब्र बनाउने निर्णय गरेको छ । अभियानका क्रममा यही मंसिर मसान्तभित्र घोराहीका सम्पूर्ण क्याम्पसहरुमा कमिटी बिस्तार गर्ने निर्णय गरिएको जिल्ला सचिव गोपाल रेग्मीले जानकारी दिनुभयो । Facebook Comments