दाङको शिक्षा क्षेत्रमा १ अर्ब बढी वार्षिक बजेट
विद्यालय क्षेत्र सुधार कार्यक्रममा ४२ करोड विनियोजन दाङ, मंसिर १८ । जिल्ला शिक्षा कार्यालय दाङले आर्थिक वर्ष २०७२/०७३ मा वार्षिकरुपमा सञ्चालन गर्ने कार्यक्रम तथा बजेटका विषयमा जानकारी गराएको छ । कार्यालयले १७ मंसिर बिहीबार घोराहीमा पत्रकार भेटघाटको आयोजना गरी कार्यालयले यस आर्थिक वर्षमा सञ्चालन गर्ने कार्यक्रमहरुको बारेमा जानकारी दिएको हो । आर्थिक वर्ष २०७२/०७३ मा जिल्ला शिक्षा कार्यालय दाङको कुल वार्षिक बजेट १ अर्ब १८ करोड १९ लाख ८५ हजार ४ सय ८१ रुपैयाँ रहेको छ । जसअन्तर्गत विद्यालय क्षेत्र सुधार कार्यक्रममा ४२ करोड १० लाख र अन्य शीर्षकमा ७५ करोड ९ लाख ८५ हजार ४ सय ८१ रुपैयाँ रहेको छ । कुल बजेटमध्ये शिक्षकको तलबभत्तामा ६४ प्रतिशत, विकासतर्फ ३६ प्रतिशत रकम विनियोजन भएको त्यस अवसरमा सहायक जिल्ला शिक्षा अधिकारी रुद्रप्रसाद रेग्मीले जानकारी दिनुभयो । रेग्मीले विद्यालय क्षेत्र सुधार कार्यक्रमको कुल बजेटमध्ये कार्यालयले सञ्चालन गर्ने बजेट ३ प्रतिशत रहेको र बाँकी ९७ प्रतिशत विद्यालय अनुदान बजेट रहेको जानकारी दिनुभयो । आ.व. २०७२/०७३ को प्रारम्भीक बालविकास तथा शिक्षा कार्यक्रममा २ करोड ६० लाख ३१ हजार, विद्यालय शिक्षामा पहुँचको सुनिश्चितता कार्यक्रमअन्तर्गत बैकल्पिक तथा समाहित शिक्षामा १ करोड ८ लाख ७४ हजार, भौतिक सुविधा बिस्तार कार्यक्रममा १३ करोड ८२ लाख, शैक्षिक गुणस्तर अभिवृद्धि कार्यक्रममा ११ करोड ८० लाख ९१ हजार वजेट विनियोजन गरिएको रेग्मीले बताउनुभयो । उहाँका अनुसार शिक्षक शिक्षा … Continue reading दाङको शिक्षा क्षेत्रमा १ अर्ब बढी वार्षिक बजेट
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed