ताजा अपडेट

शेर्पा इन्टरनेशनल मेनपावर दाङमा

        गणतन्त्र समाचारदाता   |   163 Views   |   Published Date : 3rd December 2015 |

घोराही मंसिर दाङ १७ । शेर्पा इन्टरनेशनल मेनपावर प्रा.लि.को सम्पर्क कार्यालय दाङ घोराहीमा खुलेको छ । खाडी मुलुकका साउदी, कतार, दुबै, मलेसिया, कुबेत लगायत ओमनसहित ४१ देशमा रोजगारीका लागि स्वीकृत पाएको शेर्पा इन्टरनेशनल मेनपावरले नेपालमा विश्वसनीय सेवा प्रदान गरिरहेको छ । दाङमा युवा व्यवसायी भेषराज सैघालीले आधिकारिक रुपमा यसलाई सञ्चालन गर्नुभएको छ ।
शेर्पा इन्टरनेशनल प्रा.लि. दाङ सम्पर्क कार्यालयको बुधबार घोराहीमा औपचारिक कार्यक्रमका बीच नायक गणेश वेलवासेले रिवन काटेर उद्घाटन गर्नुभएको हो । सो क्रममा नेपाल मेनपावर व्यवसायी दाङका सचिव यादव सैघाली, कोषाध्यक्ष तेजु रोका मगर, नेपाल पत्रकार महासंघ दाङ शाखा सल्लाहकार सविन प्रियासन, केन्द्रीय पार्षद शरद अधिकारी, नरेन्द्र केसी, जिल्ला स्थित व्यवसायीहरुको विशेष उपस्थिति रहेको थियो । यसको सम्पर्क कार्यालय घोराहीको शहिद उमेशमार्गमा रहेको छ ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१