अपाङ्गता भएका व्यक्तिहरुको अन्तर्राष्ट्रिय दिवस आज विश्वभर विभिद कार्यक्रमका साथ मनाउन लागिएको छ । नेपालमा पनि आज विविध कार्यक्रमको आयोजना गरी यो दिवस मनाइन्छ । दाङको सन्दर्भमा पनि यसक्षेत्रमा काम गर्दै आएको अपांग मानव अधिकार सरोकार मञ्च र अन्य विभिन्न सरकार र गैर सरकारी संघसंस्थाहरुले यो दिवस मनाउने तयारी गरिरहेका छन् । अपाङ्गता भएका व्यक्तिहरुको अधिकार सुनिश्चितताका लागि यो दिवसले महत्वपूर्ण सन्देश प्रवाह गर्नुका साथै खबरदारी पनि गरिरहेको छ । अपाङ्गता भएका व्यक्तिहरु पनि राज्यका नागरिक हुन् । विभिन्न कारणले समाजमा पछाडि पारिएको यो वर्गलाई पछिल्ला दिनहरुमा राज्यले अगाडि ल्याउन आफ्नो तर्फबाट नीति, कार्यक्रमहरु बनाएर काम गरिरहेको छ । घरभित्रै हेलाको पात्रकारुपमा रहने यो वर्ग समाजमा यसरी अपहेलनाको शिकार हुनपुग्यो जसले गर्दा आज पनि हजारौं अपाङ्गता भएका व्यक्तिहरु दयाका पात्र बन्न पुगेका छन् । घरमा अपाङ्गता भएका व्यक्तिहरुको जन्म भएमा समाजभित्र सो घरपरिवार समेत अपहेलित हुनुपर्ने विडम्वना विगतमा थियो । कुल जनसंख्याको ठूलो हिस्सा कुनै न कुनै माध्यमबाट अपाङ्गता भएका व्यक्तिहरुको थियो । समग्रमा भन्नुपर्दा अपाङ्गता भएका व्यक्तिहरु राज्यको समृद्धिमा भूमिका निर्वाह गर्नबाट पूर्णरुपले बञ्चित थिए । समाज विकासक्रम संगै अपाङ्गता भएका व्यक्तिहरुको क्षमता कुनैकुनै अपांगता भएका व्यक्तिहरुले यसरी समाजमा बाहिर ल्याउन सफल भए जसकारण राज्यसमेत यो वर्गको चौतर्फी विकास गर्नुपर्छ भन्न बाध्य बन्यो । जसले गर्दा अपाङ्गता भएका व्यक्तिहरुको समग्र उत्थानका लागि कानूनहरु निर्माण भए, नीति, कार्यक्रमहरु बनाइए । यति हुँदाहुँदै … Continue reading अपांगता भएका व्यक्तिलाई अवसर
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed