बाल संवेदनशिल बन्न : मिडिया संवेदनशिलता आवश्यक
अभाव र दबावमा नेपाली सञ्चारक्षेत्र : डा. विष्ट दाङ, मंसिर १५ । मिडियामा बालवालिका सम्बन्धी समाचार रिपोर्टिङ गर्दा बाल संवेदनशिलतालाई प्रमुख रुपमा ध्यान दिनुपर्ने एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् । नेपाल पत्रकार महासंघ, पे्रस काउन्शिल नेपाल, केन्द्रीय बालकल्याण समिति, सूचना विभागको संयुक्त आयोजना एवं नेपाल पत्रकार महासंघ दाङ शाखाको संयोजनमा १५ मंसिर मँगलवार घोराहीमा आयोजना गरिएको ‘बाल संवेदनशिल आमसञ्चार आचार संहिता’सम्बन्धी अन्तरक्रियामा उनीहरुले त्यस्तो बताएका हुन् । बालबालिकाका सुरक्षा सबभन्दा संवेदनशिल विषय हुने भएकाले बालवालिकालाई कसरी जोगाउने भन्ने कुरा सबभन्दा पहिले बुझ्न आवश्यक रहेको उनीहरुको भनाई थियो । विशेषतः बालवालिकाको गोपनियताको सन्दर्भमा हाडनाता करणीको घटनामा पिडकको पनि नाम आउँदा पिडित बालिकाको गोपनियता पनि सँगै आउने भएकाले कुनैपनि हालतमा त्यस्ता घटनामा पिडकको नाम पनि उल्लेख नगर्न नहुने उनीहरुले आग्रह गरे । अपराधका सन्दर्भमा बालवालिकाले अपराध गर्दैनन् उनीहरु प्रयोग हुन्छन् भन्ने कुरालाई बुझ्न आवश्यक रहेको भन्दै उनीहरुले समाचारमा फोटो प्रयोग गर्दा पनि सकभर फोटो प्रयोग गर्न नहुँने बताउनुभयो । कुनै घटनाको प्रत्यक्षदर्शी हुँदैमा बालवालिकाको अन्तवार्ता गर्न नहुने बताउँदै उनीहरुले त्यस घटनाको अरु इन्भेष्टिगेशन गर्नुपर्ने तर बालवालिकासँग कुनैपनि हालतमा अन्तवार्ता लिन नहुँने बताएका थिए । त्यस अवसरमा बरिष्ठ पत्रकार कुन्दन अर्याल, केन्द्रीय बालकल्याण समितिका आत्माराम थापा, नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष डा.महेन्द्र विष्टले बालवालिकाको वर्तमान अवस्था, बालबालिका सम्बन्धी आम विषय, बाल संवेदनशिल पत्रकारिता … Continue reading बाल संवेदनशिल बन्न : मिडिया संवेदनशिलता आवश्यक
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed