गौरीगाउँको तालमा पालेको माछा बेचेर साठी हजार आम्दानी
तुलसीपुर मंसिर १५ । एउटा बाँसको भट्टा, त्यसको वरिपरि प्लाष्टिकका दुई वटा डव्वा छन् । त्योसँंगै एउटा व्याग पनि साथमा छ । दुवैतिरका डव्वामा माछा छन्, भने व्यागमा माछा जोख्ने ढक तराजु राखिएको छ । माछासँंगै ढक तराजु बोकेर तुलसीपुरका सहर बजारका घर–घर र होटेलमा जान्छन् र माछा राख्नुहुन्छ ? भन्दै सोध्दै बिक्रि गर्दै हिड्छन् । यसरी नै पश्चिम दाङको पवननगर गाविस ५ कुमलगढीका रिश्मान चौधरीको दिनचर्या विगत ३ वर्ष यतादेखि यसैगरी बित्ने गरेको छ । वर्षमा ६ महिना माछा बेचेर सिजनमा ६० देखि ७० हजार रुपैयाँ कमाइ गर्ने गरेको चौधरीको भनाइ छ । यो पनि आफूले व्यवसायिक रुपमा गरेको माछापालन नभई अर्काले पालेको माछा खरिद गरी बिक्रि गरेर चोख्खो गरेको कमाइ हो । घरदेखि झण्डै ढाइ÷तीन घण्टाको पैदल दुरीमा रहेको गौरीगाउँ तालमा पुगेर चौधरीले खरिद गरेको माछा तुलसीपुर बजार, रजौरा, बरुवागाउँ, डुम्रिगाउँ, बसपार्क, दोघरेलगायतका स्थानमा डुलाएर बिक्री गर्ने गर्छन् । ३ सय रुपैयाँमा खरिद गरेर साढे ३ सय रुपैयाँमा बिक्री गर्दा पनि दैनिक ७ सयदेखि १ हजार रुपैयाँसम्म कमाइ गरेको चौधरीले बताउनुभयो । ‘लगानी लगाउनुपर्दैन । तर, हेर्नुस् दुःख धेरै हुन्छ’, कुममा भट्टा बोक्दा ठेला बसेको देखाउँदै उहाँले भन्नुभयो, ‘काम जे भए पनि धौ हुन्छ ।’ पहिलो वर्ष ५० हजार कमाई गरेका चौधरीले दोस्रो वर्ष कमाई गरेको ७० हजार जग्गा खरिद गर्दा लगाएको बताउँछन् । माछा बेचेर गरेको कमाइले छोराछारीलाई, पढाउने … Continue reading गौरीगाउँको तालमा पालेको माछा बेचेर साठी हजार आम्दानी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed