बैद्य क्रान्तिकारी माओवादीद्वारा भारतीय हस्तक्षेप बिरुद्ध घोराहीमा बिरोध सभा
दाङ, मंसिर १४ । मोहन बैद्यले नेतृत्व गरेको नेकपा क्रान्तिकारी माओवादीका केन्द्रीय नेताहरुले भारतले नेपाल माथि ठाडो हस्तक्षेप गरेको भन्दै दाङको घोराहीमा बिरोध सभा गरेका छन् । उनीहरुले देशभित्रका शासकहरुका कारण भारतले घोषित रुपमै हस्तक्षपकारी भुमिका खेलेको बताएका हुन् । दाङको घोराहीस्थित तुलसीपुर चोकमा भएको अघोषित नाकाबन्दीको बिरोधमा आयोजित सभामा केन्द्रीय नेताहरुले नेपाललाई स्वाधिन र स्वतन्त्र बनाउन सम्पूर्ण नेपालीहरु एकताबद्ध भएर लाग्नुपर्ने धारणा राखेका छन् । अहिले भारतले विभिन्न वहानामा नेपाल माथि हस्तक्षेप गरेको भन्दै सन् १९५० लगायतका असमान सन्धी सम्झौताहरु खारेज गरिनुपर्ने नेताहरुले माग गरेका छन् । कोणसभालाई सम्बोधन गर्दै नेकपा क्रान्तिकारी माओवादीका थारुवान राज्य संयोजक एवं केन्द्रीय सचिवालय सदस्य यशोधा सुवेदी गुरुङले भारतीय बिस्तारवादको दलाली गर्न दलहरुले छोड्नुपर्ने भन्दै नेपाललाई परनिर्भर बनाउने योजनासहित अघि बढ्नुपर्ने बताउनुभयो । उहाँले मधेसी र थारु आन्दोलनका जायज मागहरु सम्बोधन गर्न सरकार गम्भीर हुनुपर्ने धारणा राख्नुभयो । लामो समय भइसक्दा पनि नाकाबन्दीले जनजीबन अस्तव्यस्थ भएको भन्दै ईन्धनको कालाबजारी गर्नेहरुलाई अबिलम्ब कारबाहीको माग गर्नुभयो । यस्तै नेकपा क्रान्तिकारी माओवादीका केन्द्रिय सदस्य ईन्द्रजित थारु ब्राइनले ठूला दलहरु राष्ट्रियताको पक्षमा गम्भीर नभएको भन्दै देश भित्रकै शाषकहरु नाकाबन्दी लम्बिनुको मुख्य कारक रहेको आरोप लगाउनुभयो । सम्पूर्ण राष्ट्रभक्ति शक्तिहरु एकजुट भई मुलुकको अस्मिता जोगाउन लाग्नुपर्ने उहाँको भनाइ छ । भारतीय नाकाबन्दीको बिरुद्धमा आयोजित बिरोध सभा हुनुपूर्व पार्टी कार्यालयबाट र्याली … Continue reading बैद्य क्रान्तिकारी माओवादीद्वारा भारतीय हस्तक्षेप बिरुद्ध घोराहीमा बिरोध सभा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed